७ बैशाख २०८१, शुक्रबार

दुई रुपैयाँमा नै फिल्म ‘दुई रुपैयाँ’ हेर्न पाइने


भाद्र २८, काठमाडौँ | गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म “दुई रुपैयाँ” युनिटले दर्शकका लागि नयाँ योजना सार्वजनिक गरेको छ ।

दर्शकले दुई रुपैयाँमा फिल्म हेर्न पाउने भएका छन् । यो अवसर मात्रै १०० दर्शकले पाउने बताइएको छ ।
राजधानीको कमलपोखरीमा रहेको कुमारी हलमा आउँदो २९ गते बिहिबार सुरुमा ‘टिकट’  काट्ने १०० जना दर्शहरुले मात्र २ रुपैयाँमा चलचित्र हेर्न पाउने भएका छन् ।

टिकट काट्नको लागि काउन्टर बिहान ११ बजे खुल्नेछ भने शो १२:३० को रहेको छ ।टिकट पाउनको लागि २ रुपैयाँको नोट नै लिएर आउनुपर्ने जानकारी दिइएको छ ।

असिम शाहले निर्देशन गरेको यो फिल्ममा निर्माता समेत निश्चल बस्नेत , आसिफ शाह ,बुद्धि तामाङ, मेनुका पौडेल, टीका पहारी, रबिन्द्र झा, राजन इशान, विरासत पोखरेल लगायतको अभिनय रहेको छ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !