८ बैशाख २०८१, शनिबार

देशहरुका रमाइला तथ्य


China Flag China Flag

इन्डोनेसिया
१. विश्वका सबैभन्दा होचा मान्छे इन्डोनेसियाका हुन्छन् । यहाँका महिलाहरुको औसत उचाई ४ फूट १० इन्च हुन्छ ।
२. विश्वमै तीव्र वन फँडानी इन्डोनेसियामा हुन्छ ।
३. सबैभन्दा धेरै ट्राफिक जाम इन्डोनेसियामा हुन्छ ।

सिंगापुर
४. सिंगापुरको आकार मुम्बई सहरको भन्दा पनि थोरै छ । यो विश्वमै सबैभन्दा महँगो सहर हो ।
५. यहाँ १९९२ देखि चुइंगम खान रोक लगाइएको छ ।
६. आफ्नो इच्छाबिना स्वन्तन्त्र भएको यो विश्वमै एक मात्र देश हो । १९६५ मा मलेसियाले सिंगापुरलाई आफूबाट अलग गरेको थियो ।

कुवेत
७. कुवेतमा प्रत्येक नागरिकले डी.एन ए. टेस्ट गर्नु अनिवार्य छ र सरकारलाई त्यो टेस्टको प्रयोगको लागि छूट पनि छ ।
८. कुवेतमा प्रति व्यक्ति आय ७१ हजार डलर छ ।

चीन
९. चीनमा धनी मानिसहरु आफ्नो सट्टामा अर्को मान्छेलाई जेल पठाउन पाउँछन् । यस्ता मानिसहरु गरीब हुन्छन् जो पैसाको लागि जेल जान तयार हुन्छन् ।
१०.चीनमा यति धेरै मानिसहरु आत्महत्या गर्छन् कि त्यहाँ नदीबाट लास निकाल्ने जागिर पनि पाइन्छ ।
११. चीनको सांघाई सहरमा रातो रंगको कार राख्न गैरकानुनी मानिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !