१३ बैशाख २०८१, बिहिबार

आफु कति स्वस्थ्य हुनुहुन्छ, आफ्नै आँखाबाट थाहा पाउनुहोस् 


भाद्र २४ काठमाडौँ |

एजेन्सी : आँखा शरीरको दर्पण हो । यो कोरा तर्क होइन । तपाईको सिंगो शरीरकोे स्वास्थ्य अवस्थाबारे तपाईको आँखाले संकेत दिइरहेको हुन्छ । त्यसलाई हामीले कति बुझेका हुन्छौ हुँदैनौ त्यो मात्र महत्वपूर्ण हो । त्यसैले यहाँ आँखाको रंगले स्वास्थ्यका बारेमा के संकेत गर्दछ।

आँखाको तल्लो भागको कालोपन :आँखाको तल्लो कालोपना तपाई हामी सबैले देखेकै छौ । यसलाई डार्क सर्कल पनि भन्ने गरिन्छ । यो कमजोरीको संकेत हो । आमरुपमा थाइरायड वा रगतमा रातो कणिकाहरुको कमीका कारण आँखाको तल्लो भागमा कालोपन देखिने गर्दछ ।

रुखो आँखा : यदि आँखामा रुखोपन वा चिलाउने गर्दछ भने यो कुनै औषधिको साइड इफेक्टको संकेत हुन सक्छ । भिटामिन ए को कमीका कारण पनि यस्तो हुने गर्दछ । वर्तमान जीवनशैलीमा लामो समयसम्म कम्प्युटर र स्मार्टफोनमा काम गर्दा पनि यस्तो हुन सक्दछ ।

रातो आँखा : संक्रमण, ग्लुकोमा, आँखामा फोहोर पस्नु यसको कारण हो । यदि आराम गरेपछि पनि आँखामा दबाव महशुस हुन्छ र हल्का टाउको पनि दुख्छ भने तत्काल आँखा विशेषज्ञको सम्पर्कमा जानु उपयुक्त हुनेछ ।

आँखाको चारैतिर पोल्नु यदि आँखाको चारैतिर पोल्ने र टट्टाउने गर्दछ भने तपाईले निकै बढी सोडियम लिइरहनु भएको छ भन्ने कुराको संकेत हो । आमरुपमा सोडियम नुन हो । यस्तो भएको अवस्थामा बढी पोटेशियम भएका खानेकुरा जस्तै केरा आदि खानुस् । पानी बढी पिउनुस् ।

पहेलो आँखा : आँखाको सेतो भागमा यदि पहेलोपन देखिएको छ भने सावधान रहनुस् । यो पहेलोपन र लिभरमा समस्या आउनुको ठोस प्रमाण हो । क्यान्सरका केही मामिलामा पनि आँखा र अनुहार पहेलिने गर्दछ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !