१२ बैशाख २०८१, बुधबार

बाजुरामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


स्वास्थ्य

७ जेठ, बाजुरा । बाजुराको बूढीगंगा नगरपालिकामा आइतबार सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढी बिरामीले सेवा लिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वय र बूढीगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा २०० बढीले उपचार सेवा पाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताउनुभयो । शिविरमा आएका ५० जना बिरामीलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।

शिविरमा छाला तथा यौन रोगसम्बन्धी उपचार तथा परामर्श दिइएको थियो । त्यसबाहेक अन्य बाल रोग, स्त्री रोग, हाड जोर्नी, सुगर, दीर्घरोगको पनि उपचार गरिएको डा दुर्गा महर्जनले बताउनुभयो ।

शिविरमा अपांगता भएका व्यक्तिलाई बैसाखी पनि वितरण गरिएको बूढीगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दीपक शाहले जानकारी दिनुभयो । शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !