क्यान्सरबाट मुक्त रहन यी खानेकुराहरु देखी टाढा रहनुहोस्

Ram Thakuri

– राम ठकुरी

क्यान्सर  एक खतरनाक रोग हो जसमा कोशिकाहरूको एक समूहको अनियन्त्रित रुपमा सामान्य सीमाभन्दा अधिक विभाजन, रोगको आक्रमण र कहिलेकाँही  रगतको माध्यमले शरीरको अन्य भागहरूमा फैलन्छ। विश्व स्वास्थ्य संगठनले विश्वमा हुने कुल मृत्युमध्ये १३% क्यान्सरको कारण हुने तथ्य र्सार्वजनिक गरेको छ। अमेरिकाको क्यान्सर सोसाइटीको एक तथ्यांक अनुसार बर्षेनी विश्वभरी १ करोड २० लाख भन्दा बढि व्यक्तिलाई क्यान्सर रोग लाग्ने गर्छ र ७६ लाख व्यक्तिको यही रोगका कारण ज्यान जाने गर्छ। साथै क्यान्सर रोगकै कारण प्रतिदिन २० हजार जनाको मृत्यु हुने गर्छ। क्यान्सर अर्थात अर्वुद रोग आधुनिक औषधि विज्ञानका लागि समेत चुनौतीको विषय बनेको छ । मुटु तथा नशा रोगपछि मानिसको ज्यानै लिने दोश्रो भयानक रोगको रुपमा क्यान्सर रहेको छ । विश्वभर जस्तै हाम्रो देश नेपालमा पनि क्यान्सर रोगबाट पीडित हुनेहरुको संख्यामा दिनप्रतिदिन बृद्धि हुदै गईरहेको छ। यो रोगबाट पीडित व्यक्ति र परिवारको जिज्ञासा हुन्छ-यो रोगले मलाई किन समात्यो ? यो रोगबाट बच्ने के के उपाया छन् ? क्यान्सर पीडित रोगीमा यो जिज्ञासा देखापर्नु वास्तवमा सही पनि हो ।

जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ । क्यान्सरका लक्षण देखिए भने पनि आत्तिहाल्नु हुँदैन तर नियमित रुपमा जाँच र चिकित्सकको परामर्श भने लिनुपर्छ। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय अपनाउनु उपयुक्त हुन्छ । क्यान्सर रोग नियन्त्रण गर्न सकिन्छ तर यसको लागि यो रोगको बारेमा पुर्णरुपमा जनचेतना जाग्नु आवश्यक छ। फलफूल तथा सागपात धेरै सेवन गर्नु , मदिराजन्य तथा सुर्तीजन्य पदार्थको सेवन नगर्नु, चिल्लो र बोसोयुक्त खानाको सेवन कम गर्नु नै क्यान्सर रोगबाट बच्ने राम्रो उपायहरु हुन् ।

क्यान्सर रोगको सम्भावनाबाट बच्नको लागी निम्न खानेकुराहरुदेखि सजग रहनु आवश्यक छ ।

१. प्रशोधन गरी तयार पारिएको मासु

processed meat

Processed meat

बेलायतमा गरिएको सोधलेख अनुसार प्रशोधन गरी तयार पारिएको मासुका परिकारहरु जस्तै सुँगुरको नुनिलो मासु , मासुबाट बनाएको ससेज र अन्य परिकारको धेरै सेवनले पेट र आन्द्राको क्यान्सर हुने खतरा हुन्छ । यस्ता परिकारमा सोडियम नाइट्रेट र नाइट्रोसामाइन जस्ता रसायनको मात्रा पाइन्छ जसले क्यान्सर हुने सम्भावना बढाउछ ।

२ .रातो मासु

red meat

Red meat

रातो मासु थोरै मात्रामा सेवन गर्दा स्वास्थ्यमा हानी गर्दैन तर हार्वर्ड मेडिकल स्कुलले गरेको अनुसन्धान अनुसार ठुलो आन्द्रा र मलद्वारको क्यान्सर हुने जोखिम बढाउछ ।

३ .सेकुवा र बार्बिकिउ

Sewkuwa and abbeque

Sewkuwa and abbeque

सेकुवा र बार्बिकिउ बनाउदा मासु डड्ने हुँदा मासुले पेट र आन्द्राको क्यान्सर हुने खतरा बढने हुन्छ ।

४ .वँशाणुगत रुपमा परिवर्तन गरिएको खाद्य

Genetically modified food

Genetically modified food

रसायन (Chemical) प्रयोग गरी वँशाणुगत रुपमा परिवर्तन गरिएको खाद्य बिशेष गरी अन्नबालीहरु खानाको रुपमा प्रयोग गर्दा पनि क्यान्सर हुने गर्छ ।

५. माईक्रोवेभमा भुटेको मकै

Microwave pop corn

Microwave pop corn

माईक्रोवेभमा भुटेको मकै राख्न प्रयोग गरिने ब्यागमा पाइने रसायन PFOA (Perfluorooctanoic Acid) लाई पनि क्यान्सर रोग  जन्माउने कारक तत्वको रुपमा लिइएको छ ।

६. प्रशोधित पिठो

Refined floor

Refined floor

प्रशोधित पिठोबाट बनेका परिकारहरुले पनि क्यान्सर हुनसक्छ ।

७ . प्रशोधित चिनी

Refined sugar

Refined sugar

प्रशोधित चिनीको मात्रा बढी भएको खानेकुराहरु जस्तै क्यान्डी , ललिपप, केक, टमाटरको सस बढी प्रयोग गर्दापनि क्यान्सर कोस बढाउने सम्भावना हुन्छ ।

८. कृतिम गुलियो पदार्थ

Artificial sweetner

Artificial sweetner

बिशेषगरी तौल घटाउन चाहने र मधुमेह भएका ब्यक्तीहरुले कृतिम गुलियो पदार्थ लिने गर्दछ्न। साधारणतया Aspartame नामक रसायन  कृतिम गुलियो पदार्थको रुपमा लिईन्छ । तर कृतिम गुलियो पदार्थले मस्तिकको क्यान्सर हुने सम्भावना बढाउछ ।

९. रक्सी

Alcohol

Alcohol

रक्सीको लत लागेको छ भने दुई पेगभन्दा बढ्ता नखाने गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ। बेलायतको क्यान्सर अनुसन्धान केन्द्रको अनुसार रक्सी सेवनले गर्दा क्यान्सर हुने सम्भावना ४ प्रतिसत हुन्छ । तेसै गरी अमेरिकन क्यान्सर सोसाइटीको खोज अनुसार रक्सी सेवानको मात्रा जती बढ्छ त्यती नै क्यान्सर हुने सम्भावना बढद्छ ।बिसेस गरी रक्सी सेबन ले मुख , घाटी , पेट , कलेजो र आन्द्रापाठेघर र स्तनसम्बन्धी क्यान्सर हुने हुन्छ ।

१०. तारेको खानेकुरा

Fried foods

Fried foods

 तारेको खानेकुरा बढी खाइयो भने शरीरमा एक्रिलामाइड नामक तत्वको सञ्चय बढ्छ, जसले पुरुषमा सन्तान उत्पादन गर्ने क्षमता कम गरिदिनेदेखि क्यान्सर लगाउनेसम्मको जोखिम बढाउँछ ।

११ . क्यानमा बन्द गरिएको खानेकुरा

Canned food

Canned food

खानेकुरा बन्दगर्न प्रयोग गरिने क्यानमा BPA ( Bisphenol-A) नामक रसायन हुन्छ र सो रसायनले पनि क्यान्सर हुन सक्छ ।

१२ . आलु चिप्स

Potato chips

Potato chips

आलु चिप्सलाई स्वादिलो बनाउन प्रयोग गरिने बस्तु पनि क्यान्सर लगाउने हुन्छ । त्यसैले यस्ता खानेकुरा पनि धेरै सेबन नगर्नु बुदिमानी हुन्छ ।

१३ . ठोस बनाइएको बनस्पती तेल

Hydrogenated oil

Hydrogenated oil

ठोस बनाइएको बनस्पती तेलले शरिरको कोस झिल्लीको लचिलोपना घटाउने र क्यान्सर हुने सम्भाबना रहन्छ ।

१४. धेरै नुनको प्रयोग

Salt

Salt

धेरै नुनको प्रयोगले पेटको क्यान्सर गर्ने हुन्छ ।

१५ .  खादिएको र सडाइएको खाने चिज

Fermented foods

Fermented foods

यी खानेकुरा अन्तर्गत खाँदिएको पुरानो अचार, माछाको अचार आदी पर्दछन। यस्ता खाध्य बस्तुको पनि बढी प्रयोगले क्यान्सर हुने सम्भावना रहन्छ ।

१६. सुर्तिजन्य पदार्थ

Tobacco

Tobacco

यस अन्तर्गत चुरोट, सुर्ती, खैनी, हुक्का, बिडी आदी पर्दछन। यी वस्तुमा हजारौँ रसायनहरु हुन्छन्। ती मध्ये सयौ रसायनले क्यान्सर गराउने हुन्छ ।

प्रतिकृया दिनुहोस्