७ बैशाख २०८१, शुक्रबार

किन फुल्छ कपाल ?


hair-kapal

कपाल फुल्ने कुनै ठुलो समस्या होइन । यो जो कसैको पनि फुलेको हुन्छ । वृद्ध हो या युवा नै किनी नहोस् । अहिले सन्दर्भमा हेर्ने हो भने कति मानिसहरुको सानै उमेर देखि फुलेको देखिन्छ भने कतिको धेरै उमेरका मानिसहरुको पनि फुलेको देखिदैनन् । कपाल फुल्नुका विभिन्न कारणहरु छन् । त्यो मधे एक शरीरमा आवश्यक भिटामिन र खनिजको कमीका कारण वा उमेर बढ्दै जाँदा एक विशेष पिग्मेन्टमा कमी आउँछ र कपाल फुल्न थाल्छ । त्यस्तैगरी अर्को कारण भनको वंशाणुगत गुण हो अर्थात परिवारका सदस्यको कम उमेरमा नै कपाल फुल्दैआएको छ भने पनि सानै उमेरमा कपाल फुल्ने गर्दछ । बाल्यकालमा चाहिने पौष्टिक आहारको कमी हो । बालबच्चा साना छँदा तिनीहरूलाई यथेष्ट पौष्टिक आहार खुवाउनुपर्छ । कपाललाई चाहिने पौष्टिक आहार पुगेन भने पनि उमेरभन्दा पहिला नै कपाल फुल्ने सम्भावना हुन्छ। केमिकल्सको कारण पनि उमेरभन्दा पहिला नै कपाल फुल्ने हुन्छ। कपालमा लाग्ने रोग अथवा शरीरमा लाग्ने रोग कपाललाई चाहिने भिटामिनहरू पुगेन भने वा खाना पचेन भने पनि कपाल फुल्न सक्छ । मानसिक तनाब, बिबिध औसधिको प्रयोग, धुम्रपान आदिको कारणले पनि कपाल छिटै फुल्छ । हालसालैको एउटा अध्ययनले धुम्रपान नगर्नेको भन्दा धुम्रपान गर्नेहरुको कपाल ४ गुणा बढी छिटो फुल्ने कुरा देखाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !