४ बैशाख २०८१, मंगलबार

डा. केसीलाई अदालतमा उपस्थित हुन आदेश


Govinda_KC

२२ फागुन, काठमाण्डौ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अवहेलना मुद्दामा डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको छ ।

डा. केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा दिएको अभिव्यक्ति अर्मादित, अशिष्ट, अशोभनीय भएको भन्दै आदेशमा भनिएको छ, ‘तँपाईले प्रयोग गरेका शब्दले अदालतको अवहेलना हुने खालको छ कि छैन, तीनदिनभित्र अदालतमा उपस्थित भएर जवाफ दिनुस् ।’

डा. केसीले प्रधानन्यायाधीशको राजीनामा माग्ने शव्द प्रयोग गर्दा अदालतको अवहेलना भएको उल्लेख गर्दै गोविन्द बोहोराले यही फागुन १६ गते अवहेलना मुद्दा दायर गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !