११ बैशाख २०८१, मंगलबार

सुत्केरी महिलाले ध्यान दिनैपर्ने कुराहरु


सुत्केरी

सुत्केरी महिलाहरुका लागि बच्चा जन्मिएको ६ हप्तासम्म निकै संवेदनशील समय हो । अवधि यो समयमा बच्चासँगै महिलाले आफ्नो निकै ख्याल गर्नुपर्छ ।
सुत्केरी महिलाहरुले बच्चा जन्मिएपछि कम्तिमा ६ हप्तासम्म गह्रौँ भारी उचाल्नु हुँदैन, छिटो–छिटो हिँड्नु हुँदैन । प्रशस्त आराम गर्नुपर्छ । सुत्केरी अबस्थामा महिलाहरुले विभिन्न कुराहरुमा ध्यान दिनुपर्दछ ।

१. शिशुको आवश्यकताअनुसार स्तनपान गराउने ।
२. सुत्केरी भएको केही समयभित्रै आमाले आफ्नो हात र स्तन सफा गरेर बच्चालाई दूध चुसाउने ।
३. सुत्केरी भएसँगै आमाले पाठेघरको मालिस गर्ने ।
४. दाउरा बालेर बच्चालाई सेक्दा दाउरावाट निस्किएको धुवाँवाट बचाउने ।
५. सुत्केरी आमाले तातो झोल पदार्थ र पौष्टिक तत्व युक्त खानेकुरा खाने ।
६. दिन र रातको समयमा गरी कम्तीमा १० घन्टादेखि १२ घन्टासम्म आराम गर्ने ।
७. सुत्केरी आमाले आफ्नो स्तनको हेरविचारमा ध्यान दिने ।
८. सुत्केरी भएको ६ हप्तासम्म गहु्रँगो सामानहरु उचाल्नु हुदैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !