६ बैशाख २०८१, बिहिबार

मह सेवन गर्दाको फाइदाहरु


moh

हिमालयन ड्रग कम्पनीका चिकित्सक डा. बालुकोलार (एम.डी) का अनुसार मह सेवनका २० फाइदा निम्नानुसार छन् ।

१.मानिसहरु छालाको समस्याले हैरान हुन्छन् तर, मह सेवन गर्ने हो भने छालालाई निकै नै राहत मिल्छ । यसले मानिसको छालालाई चिसो , लचकदार र कोमल बनाइराख्न मद्दत गर्दछ ।
२. यसले मरेका कोषहरुलाई पुनर्ताजगी अथवा फेरि स्थापना गर्ने काम गर्दछ । खुम्चिएको कोषहरुलाई खुम्चिनवाट बचाउँने काम पनि महले गर्छ ।
३. महमा पाइने जीवाणु प्रतिरोधी र सुक्ष्म जीव प्रतिरोधी तत्वको कारणले काटेर हुने घाउ , आगोले पोलेर भएका घाउ जस्ता समस्याहरुको समेत उपचार महबाट हुन्छ ।
४. घाउ खटिरालाई सफा गर्ने काम बाहेक महले शरीरले महसुस गर्ने सामान्य दुखाई कम गर्नुका साथै शरीरमा हुने अनावश्यक पिप र घाउहरुलाई निको पार्ने काम गर्दछ ।
५. यसले मरेका कोषहरुलाई पुनर्ताजगी गर्नुका साथै नयाँ कोषहरु उत्पादन गर्ने काममा सहयोग पुर्याउँछ साथै छालासम्बन्धी रोगहरुवाट बचाउने काममा पनि सहयोग गर्छ ।
६. महसँग धेरेथोर रोगसँग लड्न सक्ने क्षमता हुन्छ । अन्य संक्रमणहरुवाट पनि यसले बचाउँछ । हातखुट्टा चिलाउने एलर्जीका समस्याबाट पनि यसले छुटकारा दिलाउँछ ।
७. प्राकृतिक रुपमै महमा रोगहरुसँग लड्ने प्रतिरोधात्मक क्षमता हुन्छ । त्यसैले यसले छालाका साथै शरीरका विभिन्न ठाउँमा लाग्ने रोगहरुवाट जोगाउँछ ।
८. घामको किरणहरु हाम्रो छालामा बढी पर्दा छालामा विभिन्न किसिमका समस्याहरु आउन सक्छन् । त्यसैले मह आफैंले घामसँग बचाउन यसले सनक्रिमको काम गर्छ ।
९. मह सेवनले शरीरमा हुने अन्य संक्रमणहरुलाई रोक्न पनि मद्दत गर्दछ ।
१०. महले मानिसको ओठका साथै अन्य संवेदनशील अंगहरुलाई ओसिलो बनाइराख्ने काम गर्नुका साथै नरम बनाउँछ ।
११. महले हाम्रो शरीरमा हुने चिनिको मात्रालाई व्यवस्थित गर्ने काम पनि गर्छ । र, यसले मधुमेहजस्ता रोगहरु लाग्नबाट पनि जोगाउँछ ।
१२. महमा विभिन्न किसिमका भिटामीनहरु पाइन्छ । जस्तैः भिटामिन बि१, भिटामिन बि२, भिटामीन बि३ , भिटामीन बि ५, भिटामिन बि ६ र भिटामिन सी पनि महमै पाइन्छ , जुन हाम्रा शरीरका लागि अमृत समान मानिन्छ । थोरै मात्रमा तामा, आयोडिनजस्ता तत्व पनि महमा नै पाइन्छ ।
१३. महमा कार्बोहाइडेट, ग्लुकोज जस्ता तत्व पाइने हुँदा यसले शरीरलाई शक्ति प्रदान गर्ने काम गर्छ ।
१४. महको लगातार प्रयोगले हाम्रो शरीरमा क्याल्सिमको वृद्धि गर्नुका साथै रगतमा हेमोग्लोबिनको मात्रा बढाउँछ र रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।
१५. महले मानिसको शरीरमा हुने कोलिस्टोरलाई सन्तुलित राख्ने काम पनि गर्दछ ।
१६ महको प्रयोगले स्वास प्रश्वास सम्बन्धी समस्या पनि हल हुन्छ ।
१७. महले मोटोपन घटाउन र यसको व्यवस्थापन गर्न निर्णायक भूमिका निर्वाह गर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !