८ बैशाख २०८१, शनिबार

शरीरमा पसिनाको दुर्गन्ध हटाउने उपायहरु


transpiratie

गर्मियाममा मानिसको शरिरवाट पसिना आउनु स्वभाबिक प्रक्रिया हो । जब गर्मि महिना लागिसके पछि पसिना आउने समस्याले सबैलाई नै सताउने गर्छ । गर्मीयाममा काखी र खुट्टा गन्हाउने बढी मात्रा हुन्छ । पसिना कम र बढी आउनु शारीरिक ग्रन्थीको संरचना र हार्मोनमा भर पर्छ । धेरैलाई दैनिक नुहाइधुवाइ गरेर कपडा फेर्दा पनि पसिनाको दुर्गन्धले सताइरहेकै हुन्छ । पसिनाले शरीरमा छाड्ने दुर्गन्ध पर्फयुमले पनि हटाउन सकिरहेको हुँदैन ।

 

 

दुर्गन्ध हटाउने घरेलु उपायहरु :

१. पुदिनाको पातलाई उमालेर त्यसलाई छानेर नुहाउने पानीमा मिसाएर प्रयोग गर्ने ।
२. नुहाउने पानीमा केहि थोपा गुलाबजल मिसाएर नुहाउने ।
३. बेसनलाई दही मिसाएर बनेको पेस्टलाई नुहाउनुभन्दा अघि शरीरमा लगाउने र १० मिनेटपछि त्यसलाई पखाल्ने ।
४. कागति काटेर काखीमुनी दल्ने ।
५. निमको पातलाई पानीमा उमालेर पानीलाई छ्न्ने र त्यसपछि नुहाउने बेलामा अरु पानीमा त्यसलाई मिसाएर नुहाउने ।
६. नुहाउनासाथ पानीमा एक चम्चामा मह मिलाएर काखीमुनि सफा गर्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !