८ बैशाख २०८१, शनिबार

पिसाव पोल्ने समस्यालाई निको पार्ने घरेलु उपायहरु


pisav polne

मानिसहरुको शरीरमा हरेक खालका समस्याहरु उत्पन्न हुन्छन् । त्यो मध्ये एक पिसाव पोल्नु पनि हो । जसले गर्दा लाखौ मानिसहरु पिसाव पोल्ने समस्यावाट पिडित छन् । कति मानिसहरु यहि समस्याको कारणले गर्दा आफ्नो ज्यान गुमाईरहेका छन् । केटा होस् वा केटी दुबैमा यस्तो समस्या हुन्छ । शरीरमा पानीको मात्रा कम हुँदा पिसाब पोल्न सक्छ । तर, यो एकमात्र कारण भने होइन । पिसाब पोल्नु, पिसाब गर्दा पीडा हुनु जस्ता समस्याले अन्य रोगको पनि संकेत गर्छ । मुत्रनलीको संक्रमण लगायतका थुप्रै कारण हुनसक्छ, पिसाब पोल्ने र पीडा हुने । बिभिन्न यौनरोग हरुको संक्रमणले गर्दा पिसाब पोलेको हुन सक्छ । त्यस्तै कुनै विष वा कडा औषधिका कारण मृगौला वा पिसाव नलि वा पत्थरीका कारण पिसाव पोल्ने गर्दछ । जसलाई घरेलु उपायहरुले पनि प्रयोग गर्न सकिन्छ ।

 

१. गाँजरको रस साँझ–बिहान एक–एक गिलास सेवन गने ।
२. थोरै पानी काँचो दुधमा मिसाएर पिउने ।
३. फलफुलमा आलुवखरा, अंगुर पाकेको आँपको रस सेवन गर्ने ।
४. बोटैमा पाकेको आँप एक हप्तासम्म दिनको दुई वटा सेवन गने ।
५. चामलको माडमा थोरै चिनी मिसाएर पिउने ।
६. दिनमा तीन चार पटक आफ्नो गुप्ताङ्ग धुने ।
७. हरेक दिन साँझ बिहान नरिवलको पानी सेवन गर्ने ।
८. हर्रोबर्रो र अमला चूर्ण एक गिलास पानीमा बेलुका भिजाइ बिहान बिहान सेवन गर्ने ।
९. तरकारीमा मेथीको साग सेवन गर्ने ।
११. संभव भएसम्म हरेक एक घण्टामा पानी पिउने ।
१२. कहिले कहिं मनतातो पानी पिउने ।
१३. दत्तिवनका केही पात वा डाँठहरुलाई पानीमा पकाउने र त्यसमा हर्रो बर्रो र अमला चूर्ण समेत मिलाइ नियमित १५ दिन सेवन गर्ने ।
१४. सुकुमेल र बदामलाई मिश्रीसँग पिसेवर एक गिलास पानीको साथमा पिउने ।
१५. दुई चम्चा धनिया बेलुका भिजाउने र बिहान उठेर मिश्रीसँग सेवन गने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !