७ बैशाख २०८१, शुक्रबार

गयास्ट्रिकवाट बच्ने उपायहरु


gyastrik

विशेष गरी गयास्ट्रिक रोग भनेको नेपालीहरुको साझा सम्पति जस्तै हो । यसले जस्तोसुकै स्तरको मानिसलाई पनि सताउने गर्दछन् । चाहे धनी होस् या गरीव सबैलाई नै गयास्ट्रिक रोग भएको हुन्छ । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो । छाती र पेटको वीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन् । त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ ।

हार्मो नेपालमा पनि झन्डै ८० प्रतिशत नेपालीलाई ग्यास्ट्रिक लागेको अनुमान छ । सबै समुदाय र उमेर समूहका मानिस ग्यास्ट्रिकवाट पीडित भएको चिकित्सकहरू बताउँछन् । मेडिकल भाषामा ‘ग्यास्ट्राइटिस’ भनेर चिनिने यो रोगलाई बोलीचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिन्छ ।

ग्यास्ट्रिकवाट बच्ने उपाय

१. बेसारको पातलाई दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाएर दिनहुँ पिउने ।
२. दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउने ।
३. आलुलाई सफा गरी बोक्रा हटाई चप गरेर पानीमा उमालेर दैनिक एक ग्लास ३ पटक खाना अघि पिउने ।
४. एउटा अम्बाको पातलाई पानीमा उमालेर दिनहँु पिउँने ।
५. एक ग्लासमा आधा चम्चा बेकिङ सोडा मिसाई दिनहुँ यसको प्रयोग गर्ने गर्ने ।
६. २ ३ वटा लसुनलाई आगोमा पोल्ने त्यसपछि त्यसको बोक्रा निकालेर खाने ।
७. एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्ने र सेलाएपछि त्यसमा मह हालेर दिनको दुई र तीन पटक खाने ।
८. एक ग्लास तातो पानीमा एक चम्चा जिरा बीउ मिसाएर उमाल्ने र केही समयसम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन गर्ने ।
९. तातेको दूधमा आधा चम्चा दालचिनीको धूलो, मह अलिकति मिसाई राती सुत्नु अगाडि यसको सेवन गर्ने ।
१०. पानीमा सौंपको दाना राखी उमाल्नस् र सेलाएपछि खाने ।
११. हिंगमा पानी मिसाइ यसको पेस्ट बनाई पेटमा राखी केही समय राख्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !