११ बैशाख २०८१, मंगलबार

गण्डकी मेडिकल कलेजमा लापरवाहिले सुत्केरीको मृत्यु भएको भन्दै क्षतीपुर्तिको माग


Gandaki-medical-Gollage

कार्तिक २३, कास्की | पोखराको गण्डकी मेडिकल कलेजको लापरवाहिले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले क्षतीपुर्तिको माग गरेका छन् । स्याङ्गजाको अर्जुन चौपारी घर भई पोखरा लेखनाथ महानगरपालिका ९ नागढुंगाकी १९ वर्षीया गीता अर्यालको मृत्यु भएपछि क्षतीपुर्तिको माग माग गर्दै बुधवार आफन्तले र्या्ली निकालेका हुन् ।
स्याङ्जा पोखरा सम्पर्क समाजका अध्यक्ष सन्तोष अर्यालको नेतृत्वमा गण्डकी मेडिकल कलेजबाट सुरु भएको र्यायलीले नयाँबजार, चिप्लेढुङ्गा, न्युरोड, सभागृह हुँदै जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगि ज्ञापनपत्र बुझाएको थियो । र्यागलीमा करिब १५० जना आफन्तहरु उपस्थित रहेको प्रहरीले जनाएको छ ।
अर्यालले यही कात्तिक ११ गते शनिबार अस्पतालमा शल्यक्रियाबाट सकुशल शिशु जन्माएकी थिईन । अर्याललाई सोही दिनदेखि बेहोस भएको जनाएको अस्पतालले शुक्रबार साँझ मात्रै उनको मृत्यु भएको घोषणा गरेको थियो । अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले बिरोधका कार्यक्रम गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !