७ बैशाख २०८१, शुक्रबार

सुत्केरीको मृत्युपछि पोखराको गण्डकी मेडिकल कलेज तनावपूर्ण


Gandaki-medical-Gollage

कार्तिक १९, पोखरा | सकुशल शिशु जन्माएकी आमाको मृत्यु भएको विषयलाई लिएर आज दिनभर गण्डकी मेडिकल कलेज तनावपूर्ण रह्यो । स्याङ्गजाको अर्जुन चौपारी घर भई पोखरा लेखनाथ महानगरपालिका–९ नागढुंगाकी १९ वर्षीया गीता अर्यालको मृत्यु भएपछि सम्बन्धित चिकित्सकलाई कारबाहीको माग गर्दै आफन्तले कलेज अगाडि नाराबाजी गरेका थिए । उनीहरुले कलेजको अगाडि टायर बाल्नाका साथै गेटमा तालाबन्दीसमेत गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
यही कात्तिक ११ गते अस्पताल भर्ना गरिएकामा सोही दिन शल्यक्रियाबाट उनले शिशु जन्माएकी र सोही दिनदेखि बेहोस भएर मृत्यु भएकी अर्यालको अवस्थाबारे अस्पताल पक्षले केही जानकारी नदिई शुक्रबार साँझ मात्रै मृत्यु भएको घोषणा गरेको थियो । आइतबार कलेज प्रशासन र पीडित पक्षबीच जिल्ला प्रशासन कार्यालयमा छलफल गरी समस्या समाधान गरिने प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !