१३ बैशाख २०८१, बिहिबार

गाजर खानुका फाइदाहरु


gajar

गाजर स्वास्थ्यको लागि निकै फाइदाजनक छ । गाजर रेसादार तरकारीमा गनिन्छ र यो अति गुणवान हुन्छ ।

गाजर खानुका केही फाइदाहरु:

१. आँखाको रेटिनाको स्वास्थ्यको लागि फाइदा गर्ने हुनाले रतन्धो हुनबाट जोगाउँछ ।
२ महिनावारी अनियमित भएको समयमा गाजर र सक्खर मिलाएर खानाले महिनावारी समयमा हुन थाल्दछ ।
३. पिसाब साथै रगत पनि सफा हुन्छ र रगतको सर्कुलेसन राम्रो हुन्छ ।
४. गाजरको हलुवाले शरीरमा क्याल्सियम दिन्छ ।
५. गाजरको रसलाई पोलेको ठाउँमा लगाउँदा, घाउ सन्चो हुन्छ ।
६. उच्च रक्तचाप हुनेहरुको लागि पनि गाजरको सेवनले फाइदा गर्छ ।
७. गाजरमा भिटामिन ए हुने हुनाले यसले छाला तथा कपाललाई सुक्खा हुनबाट बचाउँछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !