७ बैशाख २०८१, शुक्रबार

एकताको विषयमा छलफल गर्न माओवादी केन्द्रको बैठक सुरु


prachanda house

९ वैशाख, काठमाण्डौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बिहान ७ बजेबाट सुरु भएको बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक विषयका बारेमा छलफल भईरहेको छ ।

नेकपा (माओवादी केन्द्र)का  अध्यक्ष दाहाल र एमाले अध्यक्ष ओलीबीच तीनदिन लगातार भएको बैठकमा भएका प्रगतिका बारेमा अध्यक्ष दाहालले जानकारी गराउने उनको सचिवालयले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !