१३ बैशाख २०८१, बिहिबार

पहिलो चरण अन्तर्गत ३२ जिल्लामा शान्तिपूर्ण मतदान संचालन


१० मंसिर, काठमाडौं । उच्च पहाडी र हिमाली क्षेत्रमा पर्ने ३२ जिल्लाको केन्द्र र प्रदेश सभाको निर्वाचन बिहान ७ बजेदेखी शुरु भएको छ।
प्रमुख निर्वाचन आयुक्त आयोधी प्रसाद यादवका अनुसार निर्धारित समय बिहान सातबजेदेखि नै मतदान सुरु भएको छ ।

आयोगले दिएको जानकारी अनुसार अहिले प्रत्येक मतदान केन्द्रमा ७ देखी १४ कर्मचारीसम्म खटिएका छन । पहिलो चरणमा चुनाव हुने क्षेत्रमा प्रतिनिधिसभाका लागि ३७ निर्वाचन क्षेत्रमा २ सय ८२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रदेश नम्बर १ मा ६२ जना,
३ मा ९७ जना,
४ मा ५० जना,
मा १४ जना,
६ मा ३९ जना र प्रदेश नम्बर ७ मा २० जना उम्मेदवार प्रतिस्पर्धामा छन्l

अहिले बिहान ७ बजेदेखि शुरु पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताहरु त्रास र चिसो मौसमको प्रवाह नगरी मतदान केन्द्रमा लाम लागेका छन् । छिटफुट घटना बाहेक देशभर अहिले शान्तिपूर्णरूपमा मतदान भइरहेको छ ।
चिसो मौसम अनि कतै बम आक्रमणको त्रास चुनावमा असर गर्ने त होइन भन्ने धेरैको आशंका थियो । तर, यी सबै आशंकालाई चिर्दै मतदाताहरु उत्साहपूर्वक चुनावमा जुटेका छन्।

खोटाङको साकेला १ च्यानडाँडामा बिहान साढे सात बजेतिर मतदान केन्द्रभन्दा करिब ३० मिटर टाढा बम विष्फोट भएको छ ।
यसैगरी, रोल्पाको सुकिदह गाउँपालिका ३ हिलेचौरको विरेन्द्र मावि मतदान स्थलभन्दा करिब पाँच सय मिटर टाढा बम विष्फोट भएको छ।

रोल्पाकै कोर्चावाङ, थवाङ लगायतका स्थानमा पनि गएरातिदेखि नै बम विष्फोट भएका छन्। मतदतालाई त्रसित बनाउने उद्देश्यले बम पड्काइए पनि निर्वाचन कुनै असर नगरेको र मतदाताहरु मतदानस्थलमा भेला भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !