४ बैशाख २०८१, मंगलबार

रुस विश्वकपको आज भब्य उद्घाटन हुँदै


Editorial

नेपालपत्र, ३१ जेठ २०७५ । फुटबलको महाकुम्भ विश्वकप आजबाट रुसमा सुरु हुँदैछ । रसियाको राजधानी मस्कोस्थित लुज्निकी रंगशालामा हुने उद्घाटनमा विभिन्न स्थानीय साँस्कृतिक झल्किने नृत्य तथा प्रदर्शन हुनेछन् । भब्य हुने उद्घाटनमा ब्रिटेनका गायक रोब्बी विलियम्सले गीत गाउने छन् भने उनलाई रसियाकी गायिका सोप्रानो एइडा गारिफुलिनाले साथ दिनेछिन् । उद्घाटन समारोहमा ब्राजिलका चर्चित खेलाडी रोनाल्डो पनि दुई सेलिब्रेटीसँगै उपस्थित हुनेछन् । उदघाटन समारोहमा ब्राजिलियन फुटबलर पेले भने स्वास्थ्यका कारण उपस्थित हुन नसक्ने भएका छन् । ८० हजार दर्शक क्षमता भएको यो स्टेडियममा ५०० कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् ।

विश्वकपका अघिल्ला संस्करणभन्दा यो संस्करणको उद्घाटन समारोह केही पृथक हुनेछ । यो पटक उद्घाटन समारोहले सांगितिक प्रस्तुतिमा व्यापक जोड दिनेछ, जुन ‘किक–अफ’ भन्दा आधा घण्टा अघि सुरु हुनेछ । विश्वकपको ट्रफी जित्नका लागि ३२ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । रुस विश्वकपमा युरोपबाट १४ राष्ट्र छनोट हुँदा एसिया र अफ्रिकाबाट समान पाँच–पाँच देश छनोट भएका छन् । त्यस्तै दक्षिण अमेरिकाबाट पनि पाँच टोलीले विश्वकपमा स्थान बनाएका छन् । उत्तर अमेरिकाबाट तीन टोली विश्वकपमा रहेका छन् । आइसल्याण्ड र पनामाले रुस विश्वकपबाट डेब्यू गर्दैछन् । रुसका विभिन्न ११ सहरमा हुने विश्वकप फुटबल विभिन्न १२ रंगशालामा हुनेछ । ६४ खेल आयोजना हुनेछन् ।

स्टेडियमको सुरक्षाका लागि ३० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । कुनै विपत आइपरेमा लडाकु विमानहरुलाई पनि तयारी अवस्थामा राखिएको छ । रुस विश्वकपबाट पहिलोपटक भिडियो रेफरल प्रणाली प्रयोगमा ल्याइँदैछ । यहि कारण पनि आजको उद्घाटन खेल हेर्न लायक छ ।

नेपालमा विश्वकप सुरु हुनु भन्दा एक महिना आगाडीवाट नै विश्वकपको गर्मी बढीसकेको छ । शहरदेखि गाउँसम्मै सबैकाे व्यग्र प्रतीक्षा रहेकाे यस खेललाई अझ राेमाञ्चक बनाउन र सबैकाे केन्द्रविन्दुकाे रूपमा देखा पर्ने धेरै उदाहरण शहरदेखि गाउँमा पुगेकाे छ । अाफ्ना अाफ्ना समर्थक देशकाे जर्सी सबैले किनेर खेल हेर्न आतुर बनेका नेपाली समर्थकको प्रतिक्षाको घडी सकिन अब केहि समय मात्र बाँकी छ । विश्वकप फुटबल स्वस्थ मनोरञ्जनको रुपमा मात्र लिएर रमाइलो गर्नु आवश्यक छ । धन र जनको क्षति हुने गरी भड्किलो प्रदर्शन गर्नु हुन्न र अरुलाई समेत त्यसो गर्नवाट रोक्नु पर्दछ । विश्वकपकाे वहानामा विकृति भित्र्याउनु हुन्न र विकृति भित्रिन नदिन बेलामा नै सम्बन्धित पक्षले कडाइ र नियन्त्रण गर्न जरूरी छ ।  विश्वकप फुटबल स्वस्थ मनोरञ्जनको लागि भएकाले त्यस अनुसार नै सबैले मनोरञ्जन लिनु सबैको हितकर हुनेछ र जे उद्देश्यले संचालन भएको हो विश्वकप त्यो उदेश्य पुरा हुनेछ   ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !