१२ बैशाख २०८१, बुधबार

वृद्ध र विद्यार्थीले परिचयपत्रका अाधारमा पाउने सहुलियत दिवा सेवामा मात्र हाे र !


Editorial

नेपालपत्र, ७ जेठ २०७५ । विद्यार्थी र वृद्धहरूले परिचयपत्र देखाएपछि छुट पाउने सम्झाैता यातायात व्यवसायी र विद्यार्थी संघ संगठनविच सरकारी समन्वनमा भएकाे छ । विद्यार्थी र वृद्धहरूले कार्ड सहुलियत पनि पाइरहेकाे अवस्था नै भए पनि केही रूटमा केही सार्वजनिक सवारी साधनले बेलुका ८ बजेपछि कार्ड छुट नदिएकाे पाइयाे । यातायात व्यवसायीकाे समेत सहमति विना नै चालक र सहचालकले यात्रुलाई ठगिरहेकाे अवस्था छ तर समयमा कारवाही नहुँदा उनीहरूकाे मनाेवल दिनप्रतिदिन बढिरहेकाे छ ।

यस विषयमा सम्बन्धित सराेकारवाला र यातायात व्यवस्था विभागले जानकारी गराए अनुसार ८ बजेपछि पनि कार्ड मार्फतकाे सहुलियत छुट दिने र पाउने विषयमा कुनै त्यस्ताे अर्काे प्रवधान नभएकाे र कार्डकाे छुट सार्वजनिक यातायात सञ्चालन हुने अवधिभर नै पाउने दावी विभागकाे छ । तर व्यवहारमा भने यात्रुकाे घर पुग्ने चटाराे र बाध्यताकाे फाइदा उठाउँदै चालक र सहचालकले लुटिरहेकाे अवस्था छ । धेरै रूटका सवारीले ८ बजेपछि पनि कार्ड सहुलियत दिएपनि विशेषगरी भक्तपुर, बुढानिलकण्ठ, काँडाघारी, बालाजु, बालकुमारी लगायतका रूटमा ८बजेपछि कार्ड छुट नदिएका धेरै घटनाहरू पाइएकाे छ ।

अाफूले त्यस्ताे निर्देशन नदिएकाे र चालक र सहचालकले स्वयम् गल्ती गरेकाे केही यातायात व्यवसायीले दावी गरेका छन् । यस विषयमा काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखामा सम्पर्क गर्दा यस्ताे गुनासो कम अाएकाे र गुनासो गरिएकाे विषयमा सुनवाई भएकाे दावी गरेकाे छ । तर व्यवहारमा अझै पनि रात्रीकालिन समयमा सहज छुट पाउने अवस्था छैन ।

किन ८ बजेपछि वृद्ध र विद्यार्थीले छुट नपाउने? चालक र सहचालकले कानुनी प्रावधान केही नभएकाे र विगतदेखि भाडा लिँदै अाएकाे लाचार अभिव्यक्ति दिने गरेका छन् । रात्रीकालिन समयमा सडकमा ट्राफिक प्रहरीकाे उपस्थिति कम भएकाे माैका छाेपी कार्ड सहुलियत विनै भाडा उठाउने र प्रतिवाद गर्न खाेज्दा उल्टै ठुलाे स्वर र धम्की दिनेसमेत गरेकाे पाइयाे । दिनमा जस्तै राती प्रहरीमा रिपोर्ट गर्न सहज नभएका कारण कारवाही प्रभावकारी नभएकाे पाइएकाे छ ।

यस विषयलाई गम्भीर रूपमा लिएकाे र उक्त समस्या चाँडै समाधान गरिने र दाेषीलाई कानुनी दायरामा ल्याउने ट्राफिक प्रहरीले प्रतिवद्धता जनाएकाे छ । सम्झाैता कार्यन्वयन नगर्नेलाई कारवाही गरेर उक्त समस्या हल गर्ने बताएकाे ट्राफिक प्रहरीले अब प्रतिवद्धता पूरा गर्ने हाे हाेइन हेर्न बाँकी छ । यस विषयमा विद्यार्थी संगठनले पनि चासाे नदिएकाे देखिन्छ तर यसकाे कारण खाजी हुन बाँकी रहेकाे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !