१३ बैशाख २०८१, बिहिबार

अाईपीएलमा नेपाली बलर सन्दीपकाे ठुलाे सफलता


Editorial

नेपालपत्र, ६ जेठ २०७५ । नेपाली क्रिकेटका युवा खेलाडी सन्दीप लामिछानेलाई डिल्ली डियरडेभिल्सले अनुबन्ध गरेसँगै उनकाे चर्चा चुलिएकाे थियाे । त्यतिमात्र हाेईन याे पटककाे अाईपीएल नेपालीका लागि सन्दीपका कारण धेरै लाेकप्रिय भएकाे थियाे र उनकाे खेलकाे व्याग्ह्र प्रतिक्षामा रहेका नेपालीहरूलाई सन्दीपकाे डेब्यू र पाएकाे सफलताले झन‌ै शिखरमा पुर्याएकाे छ । आईपीएलमा अनुबन्ध भएदेखि नै चर्चामा रहेका सन्दीप लामिछानेको चर्चा डेब्यूपछि झनै चुलिएको छ ।

डेब्यू खेलमा आफुलाई अब्बल सावित गर्दै सन्दीपले ४ ओभरमा २५ रन दिएर १ विकेट लिए । उनको रन औषतमा ६ दशमलव २५ रह्यो । एकमात्र खेल खेलेका सन्दीप अहिलेसम्म आईपीएलको यो सिजनको किफायती बलरको सूचीमा तेश्रो नम्बर मा छन् ।

११ खेलसम्म ‘डेब्यू क्याप’ नपाएका सन्दिपले खासगरी, डेब्यू खेलमा ओपनिङ बलरको जिम्मा पाएका १७ बर्षिय सन्दीपले एउटा अनुभवी खेलाडीकाेभन्दा कमकाे खेल प्रदर्शन गरेनन् । उनी न त हड्बडाए न त रत्तिभर नर्भस नै भए । उनले डेब्यू खेलमा अनुभवी ब्याट्स्म्यानहरु बिराट कोहली र एभीडी भिलियर्सलाई पनि दबाबमा राखे । त्यसै भएर अरु बलरलाई धमाधम चुटिरहेका कोहली र डी भिलियर्स सन्दीपसामु भने सतर्क देखिन्थे । फलस्वरुप डेब्यू खेलमा सन्दिपका पुरा ४ ओभरमा जम्मा ३ वटा मात्र बाउण्ड्री भए, एउटा छक्का र दुईवटा चौका । उनले उक्त खेलमा एक विकेट हात पारेेेका थिए ।

दिल्ली डेयरडेभिल्सबाट अन्तिम तीन खेलमा मौका पाएका सन्दीपले ५ विकेट लिए । जम्मा १२ ओभरमा उनले ८२ रन खर्चिए । उनको रन इकोनोमी ६ दशमलव ८३ रह्यो । आइतबार मुम्बईसंगको खेलमा केही महंगो बलिङ गरेपनि समग्रमा ९ हाराहारीको रन इकोनोमी आईपीएलमा धेरै होइन ।

सन्दीपले मुम्बई इण्डियन्स, रोयल च्यालेन्जर्स बेग्लोर र चेन्नई सुपरकिंग्ससंग खेल्ने मौका पाए । उनले पार्थिब पटेल, सुरेश रैना, किरोन पोलार्ड, क्रुनाल पाण्ड्या र सुर्यकुमार यादवको विकेट लिएका हुन् । उनले भारतीय कप्तान विराट कोहली, पुर्व कप्तान महेन्द्रसिंह धोनी, एबीडी भिलियर्स, सुरेश रैना लगायतका क्रिकेट हस्तीहरुलाई बलिङ गरे ।

यसै प्रसंगलाई लिएर हेर्दा नेपाली खेलाडिले पनि अवसर पाउने हाे भने उत्कृष्ट छन् भन्ने प्रमाणित गर्न सक्ने उदाहरण सन्दीप बन्न पुगेका छन् । सीमित स्राेत र साधनकाे मात्रै उपलब्धता हुँदा र क्रिकेट कमिटि विवादमै रहेकाे अवस्थामासमेत नेपाली खेलाडि विदेशी क्लबकाे नजरमा पर्नु र अवसर पाउनु नै ठुलाे कुरा हाे र त्याे अवसरलाई सन्दीपले जसरी सदुपयाेग गरेर नेपाली र क्रिकेटप्रेमीकाे मनमा बस्न सफल भएका छन् यसकाे कुनै वर्णन अावश्यक छैन । तर अब सरकारले सन्दीपजस्तै हजाराैं सन्दीपहरू जन्माउन अावश्यक छ । यसका लागि अब ढिलाे गर्नु हुन्न र खेलाडिलाई सम्मानका साथ बाच्न सक्ने वातावरण सिर्जना गर्नुपर्दछ ।

यो पनि पढ्नुहोस्  

नेपाली बलर सन्दीपकाे अाईपीएल डेब्यु र प्रशंसा !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !