१३ बैशाख २०८१, बिहिबार

मदन स्मृति दिवसकै दिन एमाले र जबजको पनि अन्त्य !


Editorial

नेपालपत्र, ३ जेठ २०७५ । अाज नेपालकाे राजनैतिक इतिहासमा नयाँ अध्यायकाे सुरूवात भएकाे छ । दुई ठुला पार्टी एक भएर ईतिहास रच्ने मात्र काम गरेका छैनन् वर्षै देखिकाे नेपाली जनताकाे चाहनासमेत पूरा गरेका छन् । अाजवाट नेपालकाे राजनीतिमा नेकपा एमाले र नेकपा माअाेवादी केन्द्र भन्ने पार्टी अस्तित्वमा छैनन् र नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीकाे जन्म भएकाे छ । दुई पार्टीकाे विलयपछि नयाँ पार्टी बन्न पुग्नु स्वभाविक हाे । तर एमालेकाे नाता अाजकाे दिनसँग जसरी जाेडिएकाे छ त्यसलाई कुनै न कुनै रूपले अाजवाट त्यागेकाे अवस्था देखिएकाे छ ।

मदन भण्डारीको २५ औं स्मृति दिवसकै दिन एमाले र माओवादीबीच पार्टी एकता भएको छ । यी दुई सत्तासीन कम्युनिष्ट पार्टीबीच एकता भएसँगै  नेकपा एमाले र माओवादी केन्द्र इतिहासको पानामा सीमित भए । त्यति मात्र होइन, मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद(जबज)लाई मार्गनिर्देशक सिद्धान्त मान्दै आजको अवस्थामा आएको एमालेले त्यसलाई त्याग्न समेत सहमति जनाएको छ ।

नेताहरुले मदन भण्डारीको स्मृति दिवसकै दिन पार्टी एकता गरेर उनलाई सच्चा श्रद्धाञ्जली दिन लागिएको दाबी गरिरहेका बेला भण्डारीको भौतिक शरीरको अन्त भएकै दिन उनले प्रतिपादन गरेको जबजको समेत दुःखद अन्त्य भएको छ अथवा अहिले सिद्धान्तवाट टाढा राखिएकाे छ । पार्टी एकताको क्रममा एमालेका शीर्ष नेता जबज त्याग्न तयार भए भने माओवादीले समेत प्रचण्डपथ वा २१ औं शताब्दीको नौलो जनवादप्रतिको अडान त्याग्याे । यसको अर्थ पार्टी एकताको नाममा मदन भण्डारीसँगै उनको सिद्धान्त जबज समेत अब स्मृतिमा रहनेछ ।

फेरि एमाले र जवजकाे अन्त्य यस्ताे अवसरमा गरियाे कि कम्युनिष्टले जे पनि अनुकुलतामा गर्ने चलन विगतदेखि रहँदै अाएकाे छ । तर अब दुई पार्टी मिलेर नयाँ पार्टी बनेसँगै विचार र व्यवहारमा पनि अात्मियता हुनु अावश्यक छ । विगतका तिक्तता हटाएर प्रचण्ड बहुमतसहित सरकार चलाउन पाएकाे याे अवसरलाई जनताकाे चाहना अनुरूप चलाउन सक्नुपर्दछ । साथै देशैभर सातमध्ये ६ वटा प्रदेश सरकारमा पनि बहुमत प्राप्त नेपाल कम्युनिष्ट पार्टीकाे नेतृत्व भएकाले अब कुनै पनि अवस्थामा सरकार अस्थिर हुने अवस्था अाउने छैन ।

जनताकाे भावनाकाे कदर गर्दै एमालेलाई याे स्थानमा पुर्याउने मदन भण्डारी र उनकाे सिद्धान्तलाई कुनै हिसावले सम्वाेधन गरेर इतिहासलाई जीवितै राख्नु नै अहिलेकाे अावश्यकता हाे । अाैपचारिक रूपमा नेता मदन भण्डारीकाे मृत्युकै दिन जवजकाे अन्त्य भएपनि भावी पुस्ताकाे लागि याे एकता खाेज र अनुसन्धानकाे विषय बन्न सकाेस र विश्वमै कम्युनिष्ट लाेप भईरहेकाे सन्दर्भमा नेपालमा सफलता पाउनुले अध्ययन र अनुसन्धानकाे कार्यथलाे वन्ने वातावरण बनाेस यही छ नेपाल कम्युनिष्ट पार्टीलाई सबै नेपालीकाे चाहना । फुट र टुटकाे राजनैतिक खिचातानी अन्त्य भएर अार्थिक विकासले वाटाे समाताेस्, नेतामा चेतना जागाेस् । एकताले विकासकाे मुल ढाेका खाेल्ने वातावरण बन्न सकेमा एमाले र जवजकाे अन्त्य भएकाे सार्थक हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !