१२ बैशाख २०८१, बुधबार

सरकार ! जनताकाे अपेक्षा कहिले पूरा गर्ने?


Editorial

नेपालपत्र, २८ वैशाख २०७५ । सरकार भनेकाे जनताकाे इच्छा र अावश्यकता पूरा गर्छु भनेर जनमत लिएर शासन सञ्चालन गर्न पुगेका जनप्रतिनिधिकाे समूह हाे । जनताकाे विश्वास जितेर सत्तामा पुग्ने र त्यहि जनतालाई उपेक्षा गर्ने प्रवृति हावी भएकाे देखिन्छ । स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तहकाे विकास गर्ने भनेर अाश्वासन देखाएपनि व्यवहारत उक्त अवस्था पाइएकाे छैन ।

संघिय सांसदकाे अवस्था पनि त्याेभन्दा खासै फरक छैन । जनताकाे अपेक्षालाई उपेक्षा गर्ने प्रवृतिले निरन्तरता नै पाइरहेकाे देख्न सकिन्छ । विगतमा चुनाव अगाडि गरिएका घाेषणा चुनावपछि बिर्से झैं याे पटक पनि त्यही प्रवृतिकाे पुनरागमन भएकाे पाइन्छ । तर अाजकाे प्रसंग भने सरकारकाे इच्छाशक्तिकाे विषयमा हाे ।

सरकारले चाहने हाे भने परिवर्तन ल्याउन समय लाग्दैन रहेछ भन्ने पछिल्लाे एक दुई उदाहरणवाट प्रष्ट हुन सकिन्छ । सिन्डिकेटकाे अन्त्यमा सरकारले चालेकाे कदम र पाएकाे सफलताले सरकारकाे क्षमता थाहा पाउन सकिन्छ । अर्काे कुरा भारतीय प्रधानमन्त्रीकाे नेपाल भ्रमणका लागि भनेर गरिएकाे काठमाण्डाैकाे सरसफाइ र जनकपुरकाे विकासले सरकारकाे इच्छाशक्तिलाई प्रष्ट पारिदिएकाेछ । र असम्भव भन्ने केही छैन भन्ने गतिलाे उदाहरण पेश गरेकाे छ । तर विषय साेचनिय याे कारणले भएकाे छ कि किन जनताकाे इच्छा पूरा गरिएन? किन पाहुनालाई देखाउने नाममा मात्रै जनताकाे अाँखामा छाराे हाल्ने काम गरिएकाे हाे?

जनताकाे मतकाे अाधारमा सत्ताकाे बाघडाेर समालिरहेका सरकारका नेतृत्वले जनताकाे चाहनासँग किन खेलवाड गरेका हुन बुझ्न सकिएकाे छैन । अब जनता जाग्ने बेला भइसकेकाे छ, भारतीय प्रधानमन्त्री दुई दिने नेपाल भ्रमणमा अाउँदा उनी हिड्ने सबै ठाउँलाई सफा बनाउन सक्ने सरकारले त्यही जनता जसकाे मत र विश्वासका अाधारमा सत्ता चलाइरहेकाे छ उनीहरूकाे चाहिँ कुनै चासाे न‌ै नगर्नु कति उचित कदम हाे?

काठमाण्डाैका जनताले धेरै ठूलाे अाशा र अपेक्षा पनि गरेका हाेइनन्, तर अहिलेकाे धुलाे र फाेहाेरकाे व्यवस्थापन मात्र गर्न सक्ने हाे भने पनि जनताले धेरै राहत पाउने थिए । सरकारले अब अरूलाई देखाउन मात्र भन्दा पनि अाफ्नै जनताकाे अावश्यकतालाई ध्यानमा राखेर कामहरू अगाडि बढाउन सकेमा सफलता र जनताकाे समर्थन निरन्तर हुनेछ नत्र अब जनताले विराेधका अावाज दिनप्रतिदिन बढाउँदै लाने निश्चित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !