१३ बैशाख २०८१, बिहिबार

पार्टी एकता भावनात्मक एकतामा परिणत होस् !


Editorial Blue

नेपालपत्र, ९ वैशाख २०७५ । लेनिन जयन्तीको अवसरमा आज भएको एमाले र माओवादी केन्द्रको संयुक्तसभामा देखिएको दृश्यले बाम एकताले सम्पूर्ण कार्यकर्ताको भावनाको कदर गर्न नसक्ने देखिएको छ । एउटा संयुक्तसभामा त एउटै ब्यानरमा कार्यक्रम सम्पन्न गर्न सक्ने अवस्था बनेन ।

माओवादी केन्द्रका कार्यकर्ताले विहान राखिएको ब्यानरमा लेलिन र माक्र्सको फोटो नभएको र सिद्धान्तको उपहास भएको भन्दै कार्यक्रम गर्न नै नाराबाजी गरेर अवरोध गरेका थिए । त्यसपछि पटक पटकको छलफलबाट उक्त ब्यानर हटाइएको थियो । अन्त्यमा दुई ब्यानर राखेर संयुक्तसभा चलेकाेे थियाे ।

सभागृहमा नै भएको ओली—प्रचण्ड छलफलपछि दुइवटा छुट्टा छुट्टै ब्यानर राखेर कार्यक्रम अगाडि बढाउने निर्णय भयो र कार्यक्रम सञ्चालन भयो । पार्टी एकता भावनात्मक एकतामा परिणत हुने संकेत आजको सभागृहको घटनाले देखाएको छैन तर शीर्ष नेताको कार्यकुशलताले आजको कार्यक्रम ढिलो भएपनि सञ्चालन गर्न सफल भएका छन् । नेतृत्वले चाहेको खण्डमा कार्यकर्तालाई व्यवस्थित परिचालन गर्न सफल हुन्छन् भन्ने प्रमाणित गरेको छ ।

आजको घटनाले अब शीर्ष नेताले बेलामा नै सिद्धान्तको विषयमा समाधान गर्नु आवश्यक रहेको देखिन्छ । यदि बेलामा नै उक्त विषयको समाधान गर्न नसकेको खण्डमा यसले भविष्यमा पार्टीभित्र गम्भीर समस्या उत्पन्न गर्ने निश्चित देखिन्छ ।

अाज दुवै दलका अध्यक्षले देखाएकाे बुद्धिमतापूर्ण ढंगले कार्यकर्तालाई सम्झाएकाे घटनाले पार्टी नेतृत्वले चाह्याे भने सहज तरिकाले समस्या समाधान गर्न पनि सक्छन् भन्ने उदाहरण देखाएका छन् । तर कार्यकर्तालाई पनि एकताबद्ध गरेर अगाडि बढ्नसके मात्र पार्टी एकताले सार्थक रूप लिन सक्दछ । यस विषयमा दुवै अध्यक्षले गम्भीर भएर साेच्न अाजकाे घटनाबाट अझ बल दिएकाे छ र कुशल व्यवस्थापन गर्न सकेमा पार्टी एकताले सार्थक रूप लिने निश्चित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !