१२ बैशाख २०८१, बुधबार

बुद्ध एयरबाट पोखरा-भरतपुर-भैरहवा हवाई उडान सुरु


भाद्र ३०, पोखरा | बुद्ध एयरले आजदेखि पोखराबाट भरतपुर र भैरहवामा हवाई उडान शुरु गरेको छ । उक्त कंपनीले आज बिहान १० बजे पोखराबाट भरतपुरका लागि पहिलो हवाई उडान शुरु गरेको स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिनुभयो ।

त्यस्तै ११ः२२ बजे अर्को विमान पोखराबाट भैरहवाका लागि उडेको छ । उन्नाइस सिट क्षमताको सो बिमान पोखराबाट भरतपुर पुग्न १५ मिनेट र पोखराबाट भैरहवा पुग्न १७ मिनेट लाग्ने म्यानेजर बरालले बताउनुभयो ।

पोखराबाट भरतपुर एकतर्फी नेपालीका लागि भाडा रु तीनहजार ६०० र विदेशीका लागि ९२ डलर कायम गरिएको छ । त्यस्तै पोखराबाट भैरहवाका लागि नेपालीलाई रु चार हजार २०० र विदेशीका लागि ९७ डलर कायम गरिएको छ । यी उडान आजदेखि नियमित हुने बरालले जानकारी दिनुभयो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !