७ बैशाख २०८१, शुक्रबार

आमा समूहद्वारा सामुदायिक भवन निर्माण


Nepalpatra

१ असार, म्याग्दी । बेनी नगरपालिका–६ छापमा महिलाले सामुदायिक भवन निर्माण गरेका छन् ।

छापको आदर्श आमा समूहले नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदान जुटाएर दुईकोठे भवन निर्माण गरेका हुन् । वडा कार्यालयको प्रस्तावमा बेनी नगरपालिकाले चालू आर्थिक वर्षमा रु एक लाख ५० हजार विनियोजन गरेको भवन निर्माणका लागि आमा समूहमा आबद्ध ५० घरधुरीका महिलाले १५ दिनका दरले रु पाँच लाख ६२ हजार ५०० बराबरको श्रमदान गरेका अध्यक्ष बालकुमारी खत्रीले बताउनुभयो ।

यसकालागि माझखेत घोतघोते सामुदायिक वन उपभोक्ता समूहले रु एक लाख ५० हजार सहयोग गरेको छ । स्थानीय नारायण महतले रु २० हजार, नारायण, शिव र सुमन खत्रीले एकमुष्ट रु २५ हजार सहयोगको घोषणा गर्नुभएको छ ।

सामुदायिक भवन निर्माण भएपछि तालीम, गोष्ठी, भेला, बैठक, कार्यक्रम सञ्चालन गर्न सहज भएको छ । भवनको रंगरोगन, प्लास्टर, विद्युत् पानी जडानलगायतका कामका लागि आगामी आवमा बजेट विनियोजन गरेर पूर्णता दिइने वडाध्यक्ष कृष्णबहादुर बानियाँले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !