८ बैशाख २०८१, शनिबार

सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि कार्यालय स्थापना


morang

२९ पुस, काठमाण्डौ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सात वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

प्रदेश १ को विराटनगरस्थित विरेन्द्र सभागृहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यसैगरी प्रदेश २ को धनुषा, प्रदेश ३ को ललितपुर, प्रदेश ४ को कास्की, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को हमा निर्वाचन अधिकृतको कार्यालय डोटी जिल्लाको सदरमुकाममा स्थापना गरिएको छ ।

कार्यालय स्थापना भएको जिल्लाका न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्ति गरिएको छ । हरेक कार्यालयमा छुटाछुट्टै दुईवटा मतदान केन्द्र रहनेछन् । एउटा मतदान केन्ऽबाट स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अर्कोबाट प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !