१३ बैशाख २०८१, बिहिबार

ईयूले बोलायो नेपाललाई, प्राविधिकरण टोलीको बैठक बस्दै


472973680

२७ पुस, काठमाण्डौ । जनवरी १९-२१ मा युरोपियन युनियनको प्राविधिक टोलीको बैठक बस्दैछ र उक्त बैठकमा नेपाललाई पनि आमन्त्रण गरिएको छ । नेपालको उड्डयन क्षेत्रमा भएको प्रगति र अहिलेको अवस्थाबारे ईयूलाई जानकारी गराउने उद्देश्यले एक टोली बेल्जियमको ब्रसेल्स जाने तयारीमा छ । मंसिरमा बसेको ईयूको बैठकले तत्काल नेपाललाई कालोसूचीमै कायम राख्ने निर्णय गरेको थियो ।

उक्त बैठकले नेपाललाई आफ्नो उड्डयन क्षेत्रमा भएका प्रगति पेश गर्न लगाउने पनि निर्णय गरेको थियो । सोहीअनुसार नेपाललाई अहिले प्राविधिक टोलीको बैठकमा सहभागी गराउन लागिएको हो । प्राधिकरणका हवाई सुरक्षा विभाग प्रमुख राजन पोखरेलका अनुसार महानिर्देशक सञ्जीव गौतमसहितको एक टोली ब्रसेल्स बैठकमा भाग लिन जाने तयारीमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !