७ बैशाख २०८१, शुक्रबार

भूकम्पले क्षति पुगेको जोखिमयुक्त बस्ती स्थानान्तरण सुरु


rastiya punrnirman prabidikaran

२७ पुस, काठमाण्डौ । २०७२ सालको भूकम्पका कारण सबैभन्दा बढी क्षति पुगेको सिन्धुपाल्चोकमा जोखिमयुक्त बस्ती सार्न सुरु गरिएको छ । प्राधिकरणको पहलमा जिल्लामा पहिलो पटक १८ जना लाभग्राहीका लागि दुई लाख रुपैयाँ अनुदान दिएर सुरक्षित स्थानमा घडेरी खरिद गरिएको कार्यकारी सदस्य धुव्रप्रसाद शर्माले जानकारी दिए ।

सरकारले दिएको प्रतिपरिवार दुई लाख रुपैयाँ अनुदानमा लाभग्राहीले रकम थप गरी कम्तीमा साढे दुई आनादेखि ८ आनासम्म घडेरी खरिद गरेका छन् ।
जोखिमयुक्त लाभग्राहीका रुपमा पहिचान भएका उनीहरूलाई १० बर्षसम्म खरिद गरेको घडेरी बेचबिखन गर्न नपाइने र तीन महिनाभित्र भूकम्प प्रतिरोधी मापदण्ड अनुसार घर पुनर्निर्माण गर्ने शर्तमा सरकारी अुनदान दिएर जग्गा हस्तान्तरण गरिएको प्राधिरणका सचिव मधुसुदन अधिकारीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !