७ बैशाख २०८१, शुक्रबार

स्थानीय तहमा बाल संरक्षण डेस्क राखिँदै


ilam

२४ पुस, इलाम । प्रदेश नम्बर १ का सबै विद्यालयमा बालक्लब गठन र संरक्षक शिक्षक अनिवार्य व्यवस्था गरिने भएको छ । प्रत्येक जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधिले यहाँका प्रत्येक महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका कार्यालयमा बालसंरक्षण डेस्क राख्ने र ‘फोकल पर्सन’समेत व्यवस्था गर्ने प्रतिबद्धता गरेका हुन् ।

प्रदेशका सबैजसो जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले बाल बचावट, संरक्षण, विकास र सहभागिताको सन्तुलित विकासका लागि काम गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । बालविवाह, बाल यौनशोषण, बालबालिकाप्रतिको दुव्र्यवहार, बालश्रम, सडक बालबालिका, राजनीतिक क्रियाकलापलगायत कुनै पनि बहानामा हुने बालबालिकाको प्रयोग नियन्त्रण गर्ने उनीहरूको प्रतिबद्धता छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !