१३ बैशाख २०८१, बिहिबार

आन्तरिक गन्तव्य विस्तार गर्दै वायुसेवा निगम


विमान

२२ पुस, काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानतर्फ थप गन्तव्य विस्तार गर्ने भएको छ ।  उडान थप्न विमान भित्र्याउनेदेखि दक्ष जनशक्ति विमानचालक (पाइलट) व्यवस्थापनमा जुटेको निगमले जनाएको छ ।

अहिले दुई वटा वाइ–१२ विमानबाट आन्तरिक उडान भर्दै निगमले चिनवाट पनि  दुईवटा विमान ल्याउँदैछ । अबको तीन महिनाभित्र नयाँ जहाज आइपुग्ने र नयाँ गन्तव्यमा उडान लैजाने तयारी भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

अन्तर्राष्ट्रियतर्फ हाल विभिन्न मुलुकका आठ गन्तव्यमा एक बोइङ नाइन एसिबी– ५७५ र एयरवस ए–३२० विमानबाट उडान भर्दै आएको छ । निगमले थप दुई वाइड बढी विमान आगामी वैशाखसम्म भित्र्याएर अन्य गन्तव्यमा उडान भर्ने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !