११ बैशाख २०८१, मंगलबार

नेपालको पहिलो ‘अण्डरपास वे’ कंलकी चोकदेखि खसीबजारसम्म


कलंकी अन्डरपास वे

१२ मंसिर काठमाडौं : नेपालको पहिलो ‘अण्डरपास वे’ को कंलकी चोकदेखि खसीबजारसम्मको निर्माण कार्य पूरा भएको छ।
चक्रपथ विस्तार आयोजनाका अनुसार यो क्षेत्रमा कालोपत्रे गर्ने तयारी भएको छ। कंलकीदेखि सितापाइलातर्फको अण्डरपासको निर्माण सुरु भएको आयोजनाले जनाएको छ।

आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाका अनुसार अर्को वर्ष साउनमा अण्डरपास संचालनमा ल्याउने गरी निर्माणलार्इ तिब्रता दिएको छ।
चीन सरकारको पाँच अर्ब रुपैयाँ सहुलियत ऋण सहयोगमा बन्न लागेको यो अण्डरपासको काम चिनियाँ साँघार्इ कन्ट्रक्सनले गरिरहेको छ।

आयोजनाका अनुसार अण्डरपासको काम ६० प्रतिशत सम्पन्न भैसकेको छ। आयोजना प्रमुख झा ले ‘वेसमेन्ट’का कारण अण्डरपासको काम ढिला भएको बताउँदै कठिन काम सकिएकाले साउनभित्रै संचालनमा आउने बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !