७ बैशाख २०८१, शुक्रबार

नेपालमा चिनियाँ रेल विस्तारको मोडालिटीबारे छलफल गर्न चीनको उच्चस्तरीय टोली आउँदै


कात्तिक २०, काठमाडौँ । चिनियाँ रेल नेपालतर्फ विस्तारको मोडालिटीबारे छलफल गर्न उच्चस्तरीय चिनियाँ टोली सोमबार (आज) नेपाल आउँदैछ । चिनियाँ वरिष्ठ रेल–वे अधिकारी चेङ चियानको नेतृत्वमा २३ सदस्यीय टोली नेपाल आउने भएको हो ।

चेङ चीनमा रेल मामिला हेर्ने निकाय नेसनल रेल–वे एडमिनिस्ट्रेसनका उपप्रमुख हुन् । चिनियाँ टोली रसुवागढी, पोखरा र लुम्बिनी पुगेर रेल विस्तारको विषयमा अध्ययन गर्ने जनाइएको छ ।
स्रोत : अन्नपूर्ण पोस्ट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !