६ बैशाख २०८१, बिहिबार

कास्कीको सिक्लेस जलविद्युत् आयोजनाबाट उत्पादित १३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने


कार्तिक १५, कास्की | कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा सञ्चालित सिक्लेस जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ । केसी कन्सट्रक्सनको सिक्लेस हाइड्रोपावर कम्पनीले तीन वर्षअघि शुरु गरेको सो आयोजनाबाट उत्पादित १३ मेगावाट विद्युत् तीन सातापछि नियमित रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले जानकारी दिनुभयो ।

कूल रु दुई अर्ब पाँच करोडको लागतमा निर्माण गरिएको सो आयोजनाले अहिले काम सकेर परीक्षण उत्पादन गरिरहेको छ । सिक्लेस गाउँ नजिकैको मड्क्यू खोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई तीन किलोमिटर सुरुङबाट दुईवटा टर्वाइनबाट पानी तल झारी विद्युत् उत्पादन गरिएको छ । उत्पादित विद्युत् १३२ किलोमिटर केभी प्रसारण लाइनबाट लेखनाथस्थित बूढीबजारमा निर्माण भएको सब–स्टेशनमा जोडिएको छ ।

‘रन अफ द रिभर’ मा आधारित सो आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रतियुनिट रु सात र बर्खायाममा प्रतियुनिट रु चारका दरमा विद्युत् खरिदबिक्री सम्झौता भएको निर्देशक केसीले बताउनुभयो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !