विकास

  • Nepalpatra

    त्रिशूली थ्री ‘ए’ अन्तिम चरणमा

    २९ फागुन, बेत्रावती । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । आगामी असारभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाको समग्र काम हाल ९० प्रतिशत पूरा भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको सिभिलतर्फ ९८ […]

  • Road Construction

    बसाइन–बिसनपुर सडकमा कालोपत्र

    २१ फागुन, लहान । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बिसनपुर–बसाइन–स्वर्णपट्टि सडकखण्डको तीन किलोमिटर कालोपत्र सकिएको छ । पूर्वपश्चिम राजमार्गदेखि भारतीय सीमाक्षेत्र स्वर्णपट्टिसम्म करीब १७.२८ किलोमिटरको सो सडकमा पर्ने बजार क्षेत्रमा ११ मिटर र बजार क्षेत्रबाहिर सात मिटर चौडाइ कालोपत्र गर्ने योजना छ । त्यसअन्तर्गत भारतीय सीमाक्षेत्रसँग जोडिएको सप्तरीको बोदे बसाइन नरपालिकाको स्वर्णपट्टिदेखि खडकपुरसम्म करीब तीन किलोमिटर सडकमा […]

  • Train

    वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

    २० फागुन, धनुषा । वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पु¥याएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको बताइएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरीद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल सञ्चालनमा आउने बताउनुभयो । यस अघि चालू आर्थिक वर्षको […]

  • bake

    प्रविधिमैत्री बन्दै स्थानीय सरकार

    १९ फागुन, बाँके । बाँकेका स्थानीय सरकारहरुले मोबाइल एप्समार्फत सेवा दिन थालेपछि सेवाग्राहीहरु अब सहज र शीघ्र काम सम्पन्न हुनेमा आशावादी देखिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले मोबाइल एप्समार्फत खुला स्थानीय सरकारको अवधारणा अनुसार मोबाइल एप्स सञ्चालनमा ल्याएको हो । सेवाग्राहीले सञ्चालनमा आएको उक्त एप्लिकेशन डाउनलोड गरेर उपमहानगरका योजना, बजेट र कार्यक्रमबारे मोबाइलमै हेरेर जानकारी लिन […]

  • Road Construction

    दुई सडक कालोपत्र शुरु

    १० फागुन, मङ्गलबारे । चालू आर्थिक वर्षको बजेट योजनाबाट इलामको माङ्सेबुङ र फाकफोकथुम गाउँपालिकामा दुई सडक कालोपत्र गर्न शुरू गरिएको छ । जिल्लामै पहिलोपटक ग्रामीण भेगमा हुन लागेको कालोपत्र योजनाको शुरूआत भएको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्पmत रु […]

  • Nepalpatra

    दृष्टिविहीन छात्राबास निर्माण हुँदै

    ७ फागुन, लमही । दाङको राप्ती गाउँपालिका–२ लालमटियामा आदर्श नमूना माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीको छात्राबास जीर्ण बनेपछि पूर्वविद्यार्थीको सक्रियतामा नयाँ भवन निर्माण शुरु भएको छ । वर्षात्को समयमा पानी चुहिने र भित्ता चर्किएको अवस्थामा दृष्टिविहीन विद्यार्थीलाई राखिएको भन्दै फरक क्षमता भएका उनीहरुलाई पूर्वविद्यार्थीको सक्रियतामा नयाँ भवन निर्माण गर्न लागिएको पूर्वविद्यार्थी वासुदेव न्यौपानेले बताउनुभयो । “दृष्टिविहीनको […]

  • Road Construction

    स्थानीयवासीको सक्रियतामा सडक कालोपत्रे

    ६ फागुन, बेझाड, पाल्पा । रामपुरका स्थानीयवासीको सक्रियतामा सडक कालोपत्रे गरिएको छ । रामपुर नगरपालिकाको बेझाड बजारदेखि इलाका प्रहरी कार्यालय हुँदै देवीस्थान जोड्ने ८५० मिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको हो । यहाँका स्थानीयवासीको रु २३ लाख ८६ हजार बराबरको जनसहभागितामा सो सडक कालोपत्रे गरिएको छ । सडक कालोपत्रेका लागि रामपुर नगरपालिकाले रु ५५ […]

  • Nepalpatra

    बुटवल शेयर बजारको केन्द्र बन्दै

    ९ माघ, खस्यौली । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवल शेयर बजारको नयाँ केन्द्रको रूपमा स्थापित हुन थालेको छ । सरकारको नीतिअनुसार विभिन्न दलाल (ब्रोकर) कार्यालय बुटवलमा स्थापना भएपछि शेयर बजारप्रतिको आकर्षणले यहाँ आर्थिक कारोवार बढ्न थालेको स्थानीयले बताएका छन् । शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश बढ्नुका साथै बुटवलका विभिन्न दलाल कार्यालयमा शेयर बजारप्रतिको […]

  • Nepalpatra

    सबै वडामा सडक विस्तार

    ८ माघ, खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा सडक विस्तार भएपछि स्थानीयवासीलाई यातायात आवागमनमा सहज भएको छ । गाउँपालिकाले सबै वडामा सडकको पहुँच पु¥याएपछि दिप्रुङ चुइचुम्मा गाउँपालिकासहित अन्य छिमेकी गाउँपालिकाका स्थानीयलाईसमेत यातायातमा सहज भएको हो । सात वडा रहेको गाउँपालिकामा स्थानीय सरकार गठन भएपछि सडकको सञ्जाल फराकिलो पार्दै साना तथा ठूला सवारीसाधन सञ्चालनमा […]

  • Nepalpatra

    पुल निर्माण सम्पन्न

    ७ माघ, तेह्रथुम । म्याङलुङ–ओख्रे–शुक्रबारे सडकखण्डअन्तर्गत लम्बु खोलामा निर्माण भइरहेको मोटरेबल पुल निर्माणको काम सकिएको छ । पुल निर्माण सम्पन्न भएर रङरोगनको काम भइरहेको छ । पुल निर्माण सम्पन्न भएकाले केही साताभित्रै उद्घाटन गरी यातायात सञ्चालनमा ल्याउने तयारी रहेको म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो । तत्कालीन जिल्ला विकास समितिले पुल निर्माणको जिम्मा हेटौँडाको सपना […]

  • विद्यालय

    दुर्गम बस्तीको विद्यालय नमूना बन्दै

    ७ माघ, डडेल्धुरा । डडेल्धुराका दुर्गम बस्तीका सामुदायिक विद्यालय नमूना बन्दै गइरहेका छन् । निजी तथा संस्थागत बोडिङ छोडेर अभिभावक आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा ल्याउन थालेको शिक्षक बताउँछन् । डडेल्धुराकै दुर्गम महाकाली किनारको बस्तीकी प्रतिभा शाही घर आँगनकै बोडिङ छोडेर यो वर्षदेखि भुवनेश्वरी माध्यमिक विद्यालयमा भर्ना भएकी छन् । उनी मात्रै नभई उनका छिमेकी २० […]

  • solar

    सात विद्यालयमा सोलार जडान

    २ माघ, खोटाङ । एसेलुखर्क गाउँपालिकाको सातवटा माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गर्न सौर्य विद्युत् प्रणाली जडान गरिएको छ । त्रिभुवन मावि (एसेलुखर्क), माक्पा मावि (माक्पा), कालिका बालविकास मावि (राखा), कालिका मावि (बाकाचोल), शान्तोद्धय मावि (ज्यामिरे), सिम्ले मावि (जलेश्वरी) र शिशु मावि (महेश्वरी)मा सोलार प्यानेल जडान गरिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ललितपुरको आर्थिक […]

  • Nepalpatra

    राहुघाटमा मोटर चल्ने पुल निर्माण शुरु

    २९ पुस, म्याग्दी । रघुगङ्गा गाउँपालिका वडा नं ४ र ५ को सिमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल निर्माण शुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले सो पुल निर्माण शुरु गरेको हो । कम्पनीद्वारा निर्माण हुन लागेको ४० मेगावाट क्षमताको जलविद्युत आयोजनाको बाँधस्थलसम्म पुग्ने सडकमा बनाउन लागिएको उक्त […]

  • Nepalpatra

    सामुदायिक भवन निर्माण

    २५ पुस, पर्वत । यहाँको एक विकट गाउँका महिलाले चन्दा सङ्कलन गरेर सामुदायिक भवन निर्माण गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा क्रियाशील ‘जय माँ आमा’ समूहको सक्रियतामा महिलाले आयआर्जन क्रियाकलाप, तालीम, गोष्ठीलगायत समाजमा हुने विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि ठूलो धनराशि जुटाएर भवन निर्माण गरेका हुन् । सरकारी निकायले उपलब्ध गराएको अनुदानभन्दा बढी रकम […]

  • Bank

    सबै स्थानीय तहमा बैंकिङ सेवा

    २५ पुस, फिदिम । पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ । सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको हो । केही दिन अघिमात्रै फालेलुङ गाउँपालिकाको मच्छेबुङमा सोही बैंकले शाखा […]