११ बैशाख २०८१, मंगलबार

सुजु मल्लकी श्रीमतीले भनिन्, ‘मनोज पुनका बारेमा बताउँदा किन समातिएन’


srijana

९ वैशाख, बुटवल । गुण्डा नाइके मनोज पुनको अपराध कर्ममा सघाएको आरोपमा पक्राउ परेका युवा संघका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्जको परिवारले बुटवलका तत्कालीन दुई डीएसपीमाथि छानविन गर्न माग गरेका छन् ।

मल्लकी श्रीमती सिर्जना ताम्राकार आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी मनोज पुनले आफ्ना श्रीमानलाई धम्की दिने गरेको दाबी गरिन् । यसबारे इलाका प्रहरी कार्यालयका तत्कालीन डीएसपी मुकुन्द मरासिनी र पवनकुमार भट्टराईलाई भेटेर जानकारी गराएको दावी गर्दै उनले छानविन गर्न माग गरिन् ।

मनोजले फोन गरेर कि पैसा दे कि ब्यापारीको नम्बर दे भन्दै धम्की दिएकाले नम्बर दिएको र त्यसबारे पनि डीएसपीलाई जानकारी गराएको सिर्जनाको दाबी छ ।

मनोजको इन्काउन्टर हुनु अघिसम्म सुजुको फोन सम्पर्क भएको प्रहरी दाबीमा शंका गर्दै उनले मिति प्रमाणित गर्न माग गरिन् । तिहारपछि नै सम्पर्क टुटेको उनको दाबी छ ।

सिर्जनाले प्रहरीको अनुसन्धान र छानविनलाई सघाउन आफ्नो परिवार तयार रहेको समेत बताएकी छन् । पार्टीले समेत सुजुको अभियोग अदालतवाट प्रमाणित नहुँदै निस्कासन गरेर अन्याय गरेको उनको गुनासो छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !