७ बैशाख २०८१, शुक्रबार

गुण्डा नाइके मनोज पुन र सोम आले प्रहरी ‘इन्काउन्टर’ मा मारिए


manoj pun

९ फागुन, बुटवल । विभिन्न व्यक्ति हत्याको योजनाकारको आरोप लागेका मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन र निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सोम आले प्रहरी इन्काउन्टरमा मारिएका छन् ।

बुधबार बिहान रुपुन्देहीको देवदह नगरपालिका-४ भवानीपुरमा प्रहरी कारबाहीमा पुन र आले दुवैजना मारिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार उनीहरु नेपाल आएको सूचनाका आधारमा सम्बन्धित इलाकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआर्इबी)ले सर्च अभियान चलाएको थियो ।

सर्च अभियनामा गएको सिआईबीका अंगुर डिसीको टोलीमाथि पुन र आलेले फायरिङ गरेका थिए । प्रहरीले जवाफी फायरिङ गर्दा उनीहरु घाइते भएका थिए ।

घाइते पुन र आलेलाई लुम्बिनी अञ्चल अस्पतालमा लगिएपछि चिकित्सकले मृत घोषित गरेका हुन् गोली लागेलगत्तै प्रहरीले उनीहरुलाई अस्पताल पुर्याचएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !