विज्ञान प्रविधि

  • सुर्यको किरणसंगै भिटामिन ‘डी’

    के भिटामिन ‘डी’ सुर्यको किरणसंगै आउने हो त ?

    प्राय: सबैले स्कुलदेखि नै भिटामिन ‘डी’ सुर्यको किरणमा पाइन्छ भन्ने कुरा पढ्दै र बुझ्दै आएको पाइन्छ तर यहाँ हामीमध्ये धेरैलाई यस बिषयमा वास्तविक ज्ञान नभएको पाइन्छ । धेरैले सुर्यको किरणसंगै भिटामिन ‘डी’ हाम्रो छालामा प्रवेश गर्छ भन्ने गलत धारणा राख्दछन् । कसरी प्राप्त गर्दछ त हाम्रो शरीरले सुर्यको किरणवाट भिटामिन ‘डी’ ? यो कुरा सत्य […]

  • बिरालोले राती कसरी आँखा देख्छ त ?  

    बिरालोले राती कसरी आँखा देख्छ त ?  

    हामीले राती बिरालो सक्रिय रहेको, यताउति सजिलै हिड्डुल गरेको, आपसमा झगडा गरेको र मुसा मार्दै हिडेको देख्दै आएका छौ । मानिसको बस्तीमा रहने बिरालो मात्र नभएर जंगलमा पाइने बिरालो बर्गका अन्य खतरनाक जन्तुहरु जस्तै सिंह, बाघ, चितुवा आदि पनि दिनभरी सुतेर समय बिताउने अनि रात् परेपछि सक्रिय भएर हिडेको दृश्य विभिन्न टेलिभिजनमा प्रशारण गरिएको देख्दै […]

  • Super Glue

    के हो सुपरग्लु ? यसले कसरी छाला बिगार्छ ?

    बजारका अधिकांश पसलहरुमा सुपरग्लु बेच्न राखेको हामी देख्न सक्छौ । उक्त सुपरग्लु ( super glue) हामीहरु उक्किएको जुत्ता र अन्य बस्तुहरुलाई जोड्न प्रयोग गर्दछौ । के हो त सुपरग्लु ? सुपरग्लु एक प्रकारको पोलिमर (polymer)  हो । एकै प्रकारको र भिन्न-भिन्न प्रकारको अणु (molecule) हरको लगातारको बोन्डिङबाट बन्न पुगेको लामो र जटिल संरचना नै पोलिमर […]

  • insect-trap

    बिषादी विना नै कृषकले किरा मार्ने रोचक तरिका

    मंसीर ११, काठमाडौँ । ब्यवसायिक रूपमा खेती गरेका किसानहरूले पटक-पटक विभिन्न प्रकारका बिषादीहरु प्रयोग गरेको हामी देख्न सक्छौ । वातावरण र स्वस्थ्यको सुरक्षाको दृष्टिकोणले प्रांगारिक मल र बिषादीको प्रयोग पनि कतै-कतै प्रयोग हुदै आइरहेको छ । यसको अलावा कतै-कतै किसानहरुले प्लाष्टिकको बट्टाभित्र हावामा उड्न सक्ने पखेटा भएका किराहरुलाई आकर्षक गरी मार्ने गरेको पाइन्छ । तर उक्त बट्टाभित्र […]

  • एसआइसिटी नेपाल

    राज्यमन्त्री विष्टद्वारा एसआइसिटी नेपालको प्रशंसा

    १ मंसीर, काठमाडौं ।  विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज विष्टले आइटी बिद्यार्थीको पक्षमा न्यायपूर्ण व्यवस्था ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास र विस्तार व्यापक रुपमा भइरहेको सन्दर्भमा देशका  लागि  आवश्यक आइसिटी जनशक्तिलाई देशमै अवसर प्रदान गर्न आवश्यक रहेको उनले बताए । सूचना र सञ्चार प्रविधि समाज, नेपाल (एसआइसिटी नेपाल) को […]

  • nokia-mobile

    नोकियाको पछिल्ला उत्पादनले नेपालमा पुनः बजार लिने विश्वास

    कात्तिक २४, काठमाडौँ । नोकिया मोबाइलले छिट्टै आफूलाई नेपालमा पुनः स्थापित गर्ने कम्पनीले दाबी गरेको छ । कम्पनीका थाइल्यान्ड एवं एसिया क्षेत्रका महाप्रबन्धक सन्दीप गुप्ताले नोकियाको पछिल्ला उत्पादनले पुनः बजार लिने विश्वास व्यक्त गरेका हुन् । नोकियाले स्मार्ट सिरिजका नोकिया ३, नोकिया ५, नोकिया ८ जस्ता स्मार्टफोन बजारमा ल्याएको छ । नेपाली उपभोक्तालाई मध्येनजर गर्दै […]

  • nepal-telecom

    नेपाल टेलिकमले दिएका अफरहरु थप तीन महिनाका लागि पनि लागु हुने

    कात्तिक २३, काठमाडौँ । नेपाल टेलिकमले हाल उपलब्ध गराएको ‘प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । कम्पनीले अलटाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फोरजी डाटा प्याक, नाइट भ्वाइस प्याक, सियुजी प्याकेज, फेसबुक/इन्स्टाग्राम डाटा प्याकलगायत १० किसिमका अफरहरुलाई निरन्तरता दिएको जनाएको हो । उपभोक्ताहरुले अत्यधिकरुपमा रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको कम्पनीको भनाइ छ […]

  • iphone-company

    एप्पल कम्पनीले अर्बौं डलर कर छलेको खुलासा

    कात्तिक २१, वासिंटन । विश्वका शक्तिशाली र धनाढ्यहरुले लुकाएको सम्पत्तिको गोप्य खाताबारे सनसनीपूर्ण खुलासा गर्दै आएको प्याराडाइज पेपरले फेरि अर्को खुलासा गरेको छ ।विश्वको सबैभन्दा बढी मुनाफा कमाइरहेको एप्पल कम्पनीले अर्बौं डलर कर छल्न नयाँ गोप्य उपाय अपनाएको प्याराडाइज पेपरले देखाएको हो । चुहावट भएको वित्तीय दस्तावेजअनुसार अमेरिकी कम्पनी एप्पलले सन् २०१३ मा कर छलीका […]

  • google-picture

    विश्वकै मूल्यवान ब्राण्ड बन्यो गुगल

    कार्तिक २१, काठमाडौँ | गुगल विश्वको सर्वाधिक मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । ब्राण्डफाइनान्सले विश्वका सर्वाधिक मूल्यवान ५ सय ब्राण्डको नयाँ सूची सार्वजनिक गरेको छ । जसमध्ये गुगल पहिलो नम्बरमा छ । गुगल एप्पलको ५ वर्षदेखिको प्रभुत्वलाई तोड्दै यो वर्षको सर्वाधिक मूल्यवान ब्राण्ड सूचिमा सफल पर्न भएको हो । बेलायतको भ्यालुएसन तथा स्ट्राटेजी कन्सल्टेन्सी […]

  • nepal-telecom

    भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा इन्टरनेट सेवा

    कार्तिक २१ । नेपाल टेलिकमले यही कात्तिक  सम्ममा भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको जनाएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रीजी प्रविधि मार्फत उक्त सेवा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको हो । टेलिकमले भूकम्प प्रभावित सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ्रेपलाञ्चोकका ८ र रसुवाका ९ स्थानमा सो सेवा सञ्चालनमा ल्याएको जनाएको हो । हालसम्म […]

  • उपत्यकाका ६ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने

    कार्तिक २०, काठमाडौँ | जापान सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ । विसं २०७२ वैशाख १२को भूकम्पपछि जापान सरकारले नेपाललाई काठमाडौँ उपत्यकामा १० वटा एक्सेलोमिटर केन्द्र र उपत्यका बाहिर १० वटा जिपिएस केन्द्र निर्माणका लागि सहयोग गरेको थियो । सोहीअनुसार साँगा, कपन, लुभू, सिनामंगल, थानकोट र […]

  • नेपालमा चिनियाँ इन्टरनेट चलाउने तयारी अन्तिम चरणमा

    कात्तिक १५, काठमाडौँ । अन्तिम तयारी भइसकेको नेपाल चीन जोड्ने स्थल केबुल मार्ग (ईन्टरनेट) को व्यवसायिक संचालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल (सिटिजी) लाई आग्रह गरेको छ । गत हप्ता सिटिजीलाई पत्राचार गर्दै सबै तयारी पूरा भएकाले व्यवसायिक सुरुवात गर्न स्वीकृति माग्दै टेलिकमले पत्राचार गरेको हो । नेपालको तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै […]

  • पर्वतको महाशिला र बिहादीमा पहिलो पटक इन्टरनेट सेवा

    असोज ३१, पर्वत | यहाँका दुई गाउँपालिकाले हरेक वडामा इन्टरनेट सेवा विस्तार गरी प्रविधियुक्त बनाएका छन् । बिहादी र महाशिला गाउँपालिकाले वडावडामा पहिलो पटक इन्टरनेट सेवा विस्तार गरेका हुन् । गाउँ कार्यपालिकाले हरेक वडालाई प्रविधियुक्त बनाउन बजेट विनियोजन गरेको थियो । बिहादी गाउँपालिकाले छवटै वडामा कम्प्युटर, प्रिन्टर, फोटोकपीसहित इन्टरनेट जडान गरेको अध्यक्ष कमल भुसालले जानकारी […]

  • सामसुङ ग्यालेक्सी ८ को बजारमा बिक्री सुरु, मूल्य १ लाख २ हजार ९९० रुपैयाँ

    असोज २९, काठमाडौँ | सामसुङ इलेक्ट्रोनिक्सले एसपेन र दुई वटा क्यामरा भएको ग्यालेक्सी नोट ८ नेपाली बजारमा बिक्री सुरु गरेको छ। यसमा भएको ड्युअल क्यामेराको साथमा अप्टिकल इमेज स्टेबलाइजेसन (ओआइएस) ले सशक्त फोटो खिच्न सकिन्छ। यसको सुरक्षा संयन्त्रको लागि ‘नक्स’ प्रविधि प्रयोग गरिएको छ। सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले नेपाली ग्राहकको परिवर्तित चाहनालाई यो […]

  • ‘डिजिटल नेपाल’ बनाउन सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा जोड

    असोज २९, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत अर्जेन्टिनाको ब्यूनर्स आयर्समा भएको ‘विश्व दूरसञ्चार विकास सम्मेलन’मा भाग लिई आज स्वदेश फर्किएका छन् । स्वदेश फर्कने क्रममा मन्त्री बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सम्मेलनमा विश्वभरका विभिन्न देशका दूरसञ्चारको क्षेत्रमा भएका नवीनतम प्राविधिक प्रयोग, सफलता र अभ्यासको आदानप्रदानका बारेमा महत्वपूर्ण छलफल भएको बताए । […]