राष्ट्रिय समाचार

  • award

    अन्तर्राष्ट्रिय अवार्ड जित्ने विद्यार्थीलाई सम्मान

    ९ जेठ, भक्तपुर । विभिन्न देशका विद्यार्थीलाई पछाडि पार्दै अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल विद्यार्थीलाई मध्यपुर थिमिस्थित नवरत्न इंग्लिस सेकेण्डरी स्कूलले सम्मान गरेको छ । बंगलादेशको ढाकामा हालै सम्पन्न स्टूडेन्ट क्वालिटी कन्ट्रोल सर्कल ९एसक्यूसीसी सम्मेलन २०१८ को २१ औँ अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल तथा नेपालीलाई प्रतिनिधित्व गर्दै उत्कृष्ट पुरस्कार जित्ने विद्यार्थीलाई विद्यालयले मंगलबार सम्मान गरेको हो […]

  • Nepalpatra

    राजविराजका एक व्यक्ति १५ दिनदेखि बेपत्ता

    ९ जेठ, राजविराज । सप्तरीको राजविराज नगरपालिका–१ बाट एक व्यक्ति विगत १५ दिनदेखि बेपत्ता भएका छन् । कुनै कामले घरबाट निस्केका स्थानीय ५२ वर्षीय विनोद झा १५ दिनदेखि बेपत्ता रहेको उनका छोरा गुञ्जन झाले बताउनुभयो । मानसिक सन्तुलन केही असामान्य भएका आफ्नो बुबालाई खोजी गरिदिनका लागि स्थानीय प्रशासन र सम्बन्धित निकायलाई छोरा गुञ्जनले आग्रह गर्नुभएको […]

  • women-journalist

    सगरमाथाको शिखरमा रोशा बस्नेत

    ९ जेठ, काठमाडौं । राष्ट्रिय समाचार समिति राससकी पत्रकार रोशा बस्नेत सहितको प्रथम महिला पत्रकार सगरमाथा आरोहण—२०१८ समूहले सगरमाथाको सफल आरोहण गरेको छ । सो समूहका चारजना आज बिहान ६ बजे चुचुरोमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । समूहका पाँचमध्ये चार जनाले मात्र सगरमाथाको सफल आरोहण गरेका हुन् । पाँचमध्ये […]

  • Nepalpatra

    वैदेशिक रोजगारीले दिएको पीडा

    ८ जेठ, बागलुङ । कमाउने आशामा विदेशिनु भएका भीम छन्त्याललाई आजको नियती बेहोर्नुपर्ला भन्ने लागेको थिएन । तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४० वर्षीय छन्त्यालको जीवनमा वैदेशिक यात्रा ‘अभिसाप’ बनेको छ । दुई दशक अघि उहाँले रोजगारीका क्रममा साउदी अरबमा भोगेको पीडा अहिले झन् बल्झिदैँ गएको छ । कामकै सिलसिलामा दुर्घटनामा पर्नुभएका छन्त्याल अहिले अपाङ्गताको अवस्थामा हुनुहुन्छ । परिवारको […]

  • Nepalpatra

    ठूलो परिमाणको लागुऔषध नष्ट

    ८ जेठ, कलैया । इलाका प्रहरी कार्यालय सिमराले ठूलो परिमाणमा नियन्त्रणमा लिएको अवैध लागुऔषध आज नष्ट गरेको छ । प्रहरी निरीक्षक भुवन भट्ट नेतृत्वको टोलीले विभिन्न मितिमा लागुपदार्थ बरामद गरेको थियो । कलैया उपमहानगरपालिका र इलाका प्रशासन कार्यालय सिमराका प्रतिनिधि तथा पत्रकारको संयुक्त रोहवरमा चरेश ७६ किलो, गाँजा सात किलोग्राम आदि नष्ट गरिएको हो । यसैगरी इलाका […]

  • Nepalpatra

    बुद्ध शिक्षाका विषयमा निबन्ध प्रतियोगिता हुँदै

    ८ जेठ, काठमाडौँ । लुम्बिनी बुद्धधर्म सोसाइटी, युके र युवा बौद्ध समूह, काठमाडौंले संयुक्त रुपमा ‘सुखी पारिवारिक जीवनका लागि बुद्ध शिक्षा’ विषयमा निबन्ध प्रतियोगिताको आयोजना गर्दैछ । निबन्ध विसं २०७५ असार मसान्तभित्र पठाइसक्नुपर्नेछ भने एकहजार पाँच सयदेखि दुई हजार शब्दसम्मको हुनुपर्नेछ । निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई क्रमशः रु आठ हजार, रु छ हजार […]

  • Nepalpatra

    ‘खप्तड काव्ययात्रा’ मा तीन सम्मानित

    ८ जेठ, डोटी । ‘खप्तड काव्ययात्रा’ का क्रममा कलासंस्कृति क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका डोटीका तीन जना सम्मानित भएका छन् । नेपालको पर्यटन प्रबद्र्धनका क्षेत्रमा काम गरिरहेको संस्था ‘कन्सेप्ट नेपाल’ ले मूर्तिकार धनबहादुर मल्ल, देउडिया गोपाल पार्की र हुड्के पदम नेपालीलाई जनही रु दश हजार तथा सम्मानपत्र प्रदान गरेको छ । सम्मानित व्यक्तिलाई सुदूरपश्चिमको कला, संस्कृति […]

  • rickshaw

    अटो रिक्सा दर्ता तथा सञ्चालन अनुमति प्रक्रिया रोक्न महानगरपालिकाद्वारा पत्राचार

    ८ जेठ, चितवन । भरतपुर महानगरपालिकाभित्र अटोरिक्साका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि महानगरले यसलाई रोक्ने प्रक्रिया शुरु गरेको छ । महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्राचार गरी महानगरभित्र सञ्चालन हुने गरी इरिक्सा वा अटो रिक्सा दर्ता तथा सञ्चालन अनुमति प्रक्रिया रोक्नका लागि पुनः पत्राचार गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले हस्ताक्षर […]

  • chatyang

    चट्याङवाट हुने जोखिम न्यूनीकरणका लागि खोटाङका ३५ घरमा अर्थिङ

    ८ जेठ, खोटाङ । चट्याङवाट हुने जोखिम न्यूनीकरणका लागि खोटाङको नुनथला र खिल्कुका बासिन्दाको घरमा अर्थिङ गरिएको छ । हरेक वर्ष चट्याङले जनधनको क्षति गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरे र सोही नगरपालिकाको वडा नं १४ खिल्कुका ३५ घरमा अर्थिङ गरिएको हो । हरेक वर्ष पर्ने चट्याङले मानिसको ज्यानसमेत लिएकाले स्थानीय महुरे प्राकृतिक सामुदायिक […]

  • Nepalpatra

    पुल तोकिएको समयमा पूरा नहुँदा सेवाग्राहीहरु समस्यामा

    ८ जेठ, इटहरी । सरकारले पूर्वी नेपालका विभिन्न स्थानका मुख्य सडक तथा त्यस आसपासका सहायक मार्गका खोलाखोल्सीमा निर्माण गर्दै आएका पक्की पुल तोकिएको समयमा पूरा नहुँदा सेवाग्राहीले मर्का भोग्नु परिरहेको छ । सडक विभाग र सुनसरी मोरङ पुल निर्माण आयोजना इटहरीअन्तर्गत ठेक्का लगाइएका अधिकांश पक्की पुलमध्ये अधिकांश अधूरो नै छाडिएको जनताको गुनासो छ । पुल […]

  • Nepalpatra

    गण्डक नहर मर्मतमा अनियमितता

    ८ जेठ, नवलपरासी । पश्चिम नवलपरासीस्थित गण्डक मुख्य पश्चिमी नहर मर्मतमा भइरहेको अनियमितता नरोकिँदा सरोकारवालाहरू चिन्तित भएका छन् । उक्त नहर मर्मतमा भारतीय प्राविधिक र ठेकेदारहरुबाट गुणस्तर कार्य नभएको नेपाली पक्षको दाबी छ । गण्डक ब्यारेज पुलदेखि सुस्ता गाउँपालिकाको हर्कपुरासम्म नहर अधिकांश भागमा भत्किएको अवस्थामा भारत विहार सिँचाइ विभागले चैत महिनादेखि आंशिक रुपमा मर्मत गराउँदै आएको बताइएको […]

  • Nepalpatra

    अटुटनाता लघु चलचित्र प्रथम घोषित

    ७ जेठ , काठमाडौँ। नेपाली सेनाद्वारा आयोजित ‘लघु चलचित्र प्रतियोगिता–२०७४’ मा संजिव पौडेलकोे लघु चलचित्र ‘अटुटनाता’ प्रथम घोषित भएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक मुख्यालयमा आज साँझ आयोजित समारोहमा उक्त चलचित्रका निर्माता पौडेललाई नगद रु दुई लाख नगदसहित प्रमाणपत्र प्रदान गर्नुभयो । प्रतियोगितामा शम्भुसेन थापाको लघु चलचित्र ‘त्याग’ दोस्रो र प्रधुम्न मिश्रको लघु चलचित्र […]

  • Girirajmani Pokhrel

    दुई वर्षमा भूकम्पका कारण क्षति भएका सबै विद्यालय निर्माण गरिसक्ने : मन्त्री पोखरेल

    ७ जेठ, काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अबको दुई वर्षमा भूकम्पका कारण क्षति पुगेको सबै विद्यालय निर्माण गरिसक्ने बताउनुभएको छ । आज यहाँ दरबार हाई स्कूलले पुनः निर्माणको सम्बन्धमा आयोजना गरेको कार्यक्रममा दबार हाइस्कूल जस्ता भूकम्पले क्षति पुगेका सबै विद्यालग निर्माण हुन अब धेरै समय नलाग्ने बताउनुभएको हो । मन्त्री पोखरेलले भन्नुभयो, “दरबार हाइस्कूल पुरानो […]

  • Nepalpatra

    महोत्तरीमा बढ्यो गर्मी

    ७ जेठ, गौशाला । जिल्लामा केही दिनदेखि अति गर्मी बढेकोे छ ।बिहानैदेखि चर्को घाम र दिउँसो तातो हावाले गर्दा जिल्लाको तापक्रम ३० देखि ४० डिग्रीसम्म पुगेकाले यहाँका बासिन्दालाई गर्मीले सताएको हो । गर्मीका कारण जिल्लाको १० नगरपालिका र पाँच पाउँपालिकाका बासिन्दालाई दिउँसो घर बाहिर निस्कन कठिन भएको छ भने शहर बजार सुनसान देखिन्छ । तातो हावाले […]

  • Nepalpatra

    बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझिदै

    ७ जेठ, अछाम । बसाइसराइका कारण अछामका खेतीयोग्य जमिन बाँझै छन् । भौतिक सुख, सुविधा खोज्दै सर्वसाधारण तराईतिर झरेका कारण यहाँको खेतीयोग्य जमिन बाँझोमा परिणत भएको हो । जिल्लामा ४६ हजार हेक्टर खेतीयोग्य जमिन रहेकामा अहिले तीन हजार हेक्टर जमिन बाँझो भएको सरकारी तथ्यांक छ । सिँचाइ अभाव र जंगली जनावरका कारणले पनि बालीनाली लगाउन नसक्दा […]