अन्तराष्ट्रिय समाचार

  • नेदरल्यान्ड्स प्रहरीद्वारा ट्रामका शंकास्पद आक्रमणकारी पक्राउ

    ५ चैत, उट्रेख्ट, नेदरल्यान्ड्स । नेदरल्यान्ड्स प्रहरीले उट्रेख्ट शहरमा रोकिराखेको ट्राममा अन्धाधुन्ध गोली चलाएर तीन जनाको हत्या गरेको आशंकामा एक जना मुख्य आक्रमणकारीलाई पक्राउ गरेको छ । टर्की मुलका ती अधवैंशे व्यक्तिले आतङ्कवादी आक्रमण गरेको आशंकामा छानबिन थालिएको प्रहरीको भनाई छ । उक्त आक्रमणमा अरु पाँच जना गम्भीर घाइते भएका थिए । प्रहरीले टर्की मुलका […]

  • indonesia-1 (1)

    बाढी र पहिरोमा परी इन्डोनेसियामा ९० जनाको मृत्यु

    ५ चैत, जाकार्ता । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयापुरा जिल्लामा गत शनिबार साँझदेखि आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब ९० पुगेको छ । इन्डोनेसिया पूर्वी प्रान्त पपुवामा जारी यस प्रकोपमा ८९ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७४ जना बेपत्ता रहेका र उद्धार प्रयास जारी रहेको इन्डोनेसियाली प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले मङ्गलबार […]

  • मोजाम्बिकमा सामुद्रीक आँधी, एक हजारभन्दा बढीको मृत्यु भएको आङ्शका

    ५ चैत, बेयरा, मोजाम्बिक । मोजाम्बिकमा यसै हप्ता आएका ‘इडाई’ नामक सामूद्रिक आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको आशङ्का गरिएको छ । जिम्बाब्वेको छिमेकीमा रहेका नगरहरुमा सयौँको सङ्ख्याका व्यक्तिको मृत्यु हुनुको साथै अन्य २०० व्यक्ति वेपत्ता भएका छन् । त्यहाँका राष्ट्रपति फिलिपे नुसीले उक्त जानकारी दिनु भएको छ । आधिकारीक रुपमा ८४ जनाको […]

  • mike pompeo

    उत्तर कोरियासँग पुनः वार्ता हुन्छ : अमेरिकी विदेशमन्त्री

    ५ चैत, वासिङ्टन । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा बस्न सक्ने बताउनुभएको छ । उहाँले एक अमेरिकी रेडियोलाई दिनुभएको अन्तर्वार्तामा अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः वार्ता गर्नसक्ने बताउनु भएको जनाइएको छ । उत्तर कोरियाको निशस्त्रीकरणको विषय अमेरिका र उत्तर कोरियाबीचको आपसी चासोको विषय भएकोले उत्तर कोरियासँग अमेरिकाले चासो […]

  • fire

    अफगान सैनिक कारबाहीमा ३९ लडाकूको मृत्यु

    ४ चैत, मैमाना, अफगानिस्तान । अफगानिस्तानको विभिन्न ठाउँमा भएका पछिल्ला सुरक्षा कारबाहीमा परी कम्तीमा ३९ लडाकू मारिएका छन् । अशान्त रहेको देशको उत्तरी फर्याब र कुन्दुज प्रान्तमा उनीहरु मारिएको सैन्य श्रोतले सोमबार जनाएको छ । मारिएका सवै जना तालिबान लडाकू रहेका श्रोतको दावी छ । श्रोतका अनुसार कारबाहीका क्रममा अरु दश जना घाइते पनि भएका […]

  • Nepalpatra

    न्युजिल्याण्ड सरकारले बन्दुकसम्बन्धी कानूनमा सुधार गर्ने

    ४ चैत, वेलिङटन । न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्दा एर्डेनले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा १० दिनभित्र बन्दुक सम्बन्धी कानूनमा सुधार गर्ने धारणा राख्नुभएको छ । बन्दुकसम्बन्धी नियममा सुधारगर्ने सम्बन्धमा संयुक्त गठबन्धन पार्टीहरु न्युजिल्याड लेबर पार्टी, न्युजिल्याण्ड फस्ट पार्टी र ग्रीन पार्टीबीच सहमती भएको एर्डेनले मन्त्रिपरिषदको बैठकपछि भएको एक प्रेस सम्मेलनमा बताउनु भएको छ । यद्यपी यस कानूनमा […]

  • jayar bolsonaro

    ब्राजिलका राष्ट्रपति अमेरिका भ्रमणमा

    ४ चैत, वासिङ्टन । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिसँग भेटवार्ता गर्न आइतबार वासिङ्टन डिसी आइपुग्नुभएको छ । दुबै राष्ट्रपतिले मुख्यरुपमा भेनेजुएला सङ्कटका बारेमा छलफल गर्ने समाचारमा जनाइएको छ । राष्ट्रपति बोल्सोनारोका मन्त्रिपरिषदका छ सदस्य पनि समावेश हुनुहुन्छ । ब्राजिलका विदेश मन्त्री अर्नेस्टो आराउजो, अर्थ मन्त्री पाउलो गुडेस र कानुन मन्त्री सर्जेइ मोरो भ्रमण […]

  • Nepalpatra

    राजकुमार चाल्र्स क्युबा भ्रमणमा

    ४ चैत, हवाना । बेलायतका राजकुमार चाल्स्ले उहाँकी धर्मपत्नी क्यामिल्लाको साथमा आइतबारबाट क्युबाको भ्रमण शुरु गर्नुभएको छ । बेलायतको राजपरिवारबाट क्युबाको भ्रमण भएको यो पहिलो पटक हो । राजकुमार र राजकुमारी क्युबाली राष्ट्रपति मिगुएल डिआज्क्यानेलसँग सोमबार बेलुकी खाना खाने कार्यक्रम रहेको छ । राष्ट्रपति मिगुएल पनि गत नोभेम्बरमा आफू राष्ट्रपति भएपछिको पहिलो अन्तर्राष्ट्रिय भ्रमणका रुपमा […]

  • indonesia-1 (1)

    बाढी र पहिरोमा परी इन्डोनेसियामा ७७ जनाको मृत्यु

    ४ चैत, जाकार्ता । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ । यस घटनामा १ सय १६ जना घाइते भएका र उद्धारको प्रयास जारी रहेको एक स्थानीय अधिकारीहले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । खोजी र उद्धार कार्य जारी रहेका युदी […]

  • scott-morrison

    धार्मिक क्रियाकलापहरुको सुरक्षार्थ थप बजेटको व्यवस्था

    ४ चैत, क्यानबेरा । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले सो देशमा धार्मिक सम्प्रदायहरुका आफ्ना संस्कारसम्बन्धी कायक्रमहरुलाई सुरक्षित बनाउन भन्दै थप सुरक्षा व्यवस्थाको घोषणा गर्नुभएको छ । उहाँले सो प्रयोजनका लागि सोमबार करिब ३ करोड ९० लाख अमेरिकी डलर बराबरको सुरक्षा खर्चको घोषणा गर्नुभएको जनाइएको छ । न्युजिल्याण्डको एक चर्चमा हालैमात्र भएको भीषण आतङ्ककारी हमलापछि अष्ट्रेलियाले विभिन्न […]

  • Nepalpatra

    जिम्बाब्वेमा आँधीका कारण ३१ को मृत्यु, कैयौँ बेपत्ता

    ३ चैत, हरारे, जिम्बाब्वे । जिम्बाब्वेको पूर्वीक्षेत्रमा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको यहाँका अधिकारीले शनिबार जनाएका छन् । मोजाम्बिक नजिकैको सीमा क्षेत्रमा आएको आँधीका कारण अझै पनि ७१ व्यक्ति हराइरेहका छन् । आँधीका कारण हजारौँ व्यक्ति प्रभावित भएका र प्रभावित क्षेत्रमा विद्युत् काटिएको छ भने पुलहरू बाढीले बगाएको छ । पछिल्लो जानकारीअनुसार […]

  • death of people cold

    मेक्सिकोमा फेरि पत्रकार मारिए, तीन महिनामा तीन पत्रकारको हत्या

    ३ चैत, मेक्सिको । मेक्सिकोमा फेरि एकजना पत्रकारको हत्या भएको समाचार छ । शनिबार ती पत्रकारलाई आफ्नै घरमा गोली हानी हत्या गरिएको अधिकारीले जनाएका छन् । यस वर्ष अर्थात गएको तीन महिनामा मात्र मेक्सिकोमा तीन जना पत्रकारको हत्या भएको छ । यसबाट मेक्सिकोमा पत्रकारको सुरक्षाको अवस्था निकै दर्दनाक बन्न पुगेको बताइएको छ । शनिबार मारिएका […]

  • indiaflag

    उम्मेदवार छान्न भाजपाको बैठक

    ३ चैत, नयाँदिल्ली । भारतीय जनता पार्टी (भाजपा)ले आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छान्न केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टी अध्यक्ष अमित शाहले बैठकमा आगामी लोकसभा निर्वाचनका लागि उम्मेदवारको सूची पेश गर्ने विषयमा आवश्यक छलफल गर्नुभएको समाचारमा जनाइएको छ । शनिबार राति अबेर बोलाइएको सो बैठकले आइतबार बिहानीपखसम्म छलफल […]

  • Nepalpatra

    न्युजिल्याण्ड मस्जिद आक्रमणमा चालिस जनाको मृत्यु, बीस घाइते

    १ चैत, क्राइस्टचर्च, न्युजिल्याण्ड । न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु भएको न्युजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी गराउनुभएको छ । उक्त आक्रमणमा परी २० जना घाइते भएका बताइएको छ । घाइते सबै जनालाई स्थानीय अस्पतालमा लगि उपचार शुरू गरिएको छ । घाइतेमध्ये अधिकांशलाई गम्भीर चोट लागेकोले मृतक […]

  • israel

    इजरायलद्वारा हमास लक्षित आक्रमण

    १ चैत, जेरुसलेम । इजरायलले गाजा क्षेत्रमा गएराति हमास लक्षित एकसय भन्दा बढी हवाई आक्रमण गरेको छ । प्यालेस्टिनी क्षेत्रबाट आर्थिक राजधानी तेल अभिभ समेतका क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेपछि प्रतिक्रिया स्वरुप इजरायलले हवाई आक्रमण गरिएको इजरायलले बताएको छ । “लडाकू विमान, हेलिकप्टर र अरु विमानको सहयोगमा गएराति १०० भन्दा बढी हमासका लडाकूलाई लक्षित गरी आक्रमण […]