विकास

  • mt.everest

    नेपालले अन्तर्राष्ट्रिय स्तरमा मान्य हुने प्रविधि प्रयोग गरी सगरमाथाको मापन गर्ने

    २९ मंसिर, २०७४ । सरकारले नेपाली स्रोतसाधन प्रयोग गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा भइरहेका बेला नेपालले अन्तर्राष्ट्रिय स्तरमा मान्य हुने प्रविधि प्रयोग गरी मापन गर्ने गृहकार्य अगाडि बढाइएको हो । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सहप्रवक्ता पुण्य विक्रम पौडेलले मापनका लागि सरकारले दुई करोड विनियोजन गरिसकेको […]

  • nepal airlines

    नेपाल वायुसेवा निगमले हप्तामा तीन दिन उडान भर्ने : चितवनको मेघौली एयरपोर्ट

    १४ मंसिर, चितवन । लामो समयदेखि आंशिक सञ्चालनमा रहेको चितवनको मेघौली एयरपोर्ट बुधबारदेखि नेपाल वायुसेवा निगमले आफ्नो सेवा थालेको छ । निगमले विहीबारदेखि हप्तामा तीन दिन उडान भर्ने भएको छ । निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार तत्कालका लागि हप्तामा ३ दिन उडान भर्ने योजना बनाएका छौं, यसपछि यात्रुको चापअनुसार उडान हेरफेर गर्न सकिन्छ ।’ निगमले […]

  • Tribhuvan university

    त्रिभुवन विश्वविद्यालयमा (त्रिवि) अब ‘कागजविहीन प्रशासन’ हुने

    १३ मंसिर, काठमाडौँ l त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अब ‘कागजविहीन प्रशासन’ चलाउने भएको छ । विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले मंगलबार कीर्तिपुरस्थित विश्वविद्यालय हातामा निर्मित सूचना प्रविधि केन्द्र भवन उदघाटनसँगै ‘कागजविहीन प्रशासन’ को घोषणा गरेको हो। २०७२ को भूकम्पले त्रिविको अधिकांश भवन क्षतिग्रस्त भएका थिए । त्यसपछि निर्माण गरिएको यो दोस्रो भवन हो । केही महिनाअघि […]

  • कलंकी अन्डरपास वे

    नेपालको पहिलो ‘अण्डरपास वे’ कंलकी चोकदेखि खसीबजारसम्म

    १२ मंसिर काठमाडौं : नेपालको पहिलो ‘अण्डरपास वे’ को कंलकी चोकदेखि खसीबजारसम्मको निर्माण कार्य पूरा भएको छ। चक्रपथ विस्तार आयोजनाका अनुसार यो क्षेत्रमा कालोपत्रे गर्ने तयारी भएको छ। कंलकीदेखि सितापाइलातर्फको अण्डरपासको निर्माण सुरु भएको आयोजनाले जनाएको छ। आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाका अनुसार अर्को वर्ष साउनमा अण्डरपास संचालनमा ल्याउने गरी निर्माणलार्इ तिब्रता दिएको छ। चीन सरकारको […]

  • budhigandaki

    अन्यौलमा बुढीगण्डकीको भविष्य

    १२ सय मेगावाटको बुढीगण्डकी आयोजना निर्माणको ठेक्का पाएको गेजुवा ग्रुपसँग सम्झौता खारेज गरेसँगै आयोजना निर्माण हुनेमा शंका उत्पन्न भएको छ । यसअघि केपी ओली प्रधानमन्त्री भएका बेला आयोजना स्वदेश पुँजीमै निर्माण गर्न सक्ने निर्णय भएको थियो । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। उक्त सरकारले आयोजना निर्माणमा स्रोत जुटाउन इन्धनमा ५ रुपैयाँ अतिरिक्त […]

  • rail

    केरुङ-काठमाडौं रेल मार्ग : तीन खर्ब लागत अनुमान

    काठमाडौं- नेपाल भ्रमणमा आएका चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीले केरुङ–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेका छन् । स्थलगत अध्ययन गरेको टोलीले उक्त रेलमार्ग बनाउन सकिने निष्कर्षसहित अबको जिम्मा नेपाल सरकारको हातमा रहेको संकेत पनि गरेका छन् । तीन दिनसम्मको स्थलगत अध्ययनपछि शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको दुईपक्षीय बैठकमा […]

  • petroliam-pipeline

    पेट्रोलियम पाइपलाइनलाई तीव्रता दिन भारतीय टोली आयो

    कात्तिक २४, काठमाडौँ । रक्सौल–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण प्रक्रिया अघि बढाउन भारतीय आयल कर्पोरेसन (आइओसी) को टोली नेपाल आएको छ । पाइप बिछ्याउनका लागि नेपालतर्फबाट प्रक्रियागत रुपमा ढिला भएपछि आईओसीको टोली बिहीबार नेपाल आएको हो । आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आईओसीको तीन सदस्यीय टोली बिहीबार आइपुगेको हो । बिहीबार आइओसी र यहाँको प्रगतिबारे […]

  • hawa-bata-bijuli

    खजुरामा हावाबाट बिजुली उत्पादनमा अध्ययन शुरु

    कार्तिक २३, बाँके | बाँके जिल्लाको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन शुरु गरिएको छ । हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने काम भइरहेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले खजुराको क्षेत्रीय कृषि तालीम केन्द्र परिसरमा ८० मिटर अग्लो टावर, पाँचवटा पंखालगायतका उपकरण जडान गरेको छ । […]

  • ktm-halat

    काठमाण्डौको खाल्डाखुल्टी पुरिदै , मंसिर पहिलोसातादेखि कालोपत्रे

    कार्तिक २२, काठमाडौँ | वर्षा सकिएसँगै काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने भित्री सडकका खाल्डाखुल्टी पुर्ने काम शुरु गरेको छ । वर्षाको समयमा खाल्डाखुल्डी पुर्दा दीर्घकालीन नहुने हुनाले कामपाले हिउँदको समयमा सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने कामलाई तीव्रता दिन थालेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो । अहिले नरदेवी, कोटेश्वरलगायतका स्थानमा सडक निर्माण गर्ने, खाल्डाखुल्डी पुर्ने […]

  • annapurna-trekking

    अन्नपूर्ण पदमार्ग जोगाउन वैकल्पिक पदमार्ग निर्माण

    कात्तिक २१, लमजुङ । विश्वको उत्कृष्ट दश पदयात्रा गन्तब्यमध्येको एक अन्नपूर्ण सेरोफेरो पदमार्ग जोगाउन वैकल्पिक पदयात्रा मार्ग निर्माण गरिएको छ । लमजुङ र मनाङको हिमाली जिल्ला समेट्ने गरी तीन साता लामो पदमार्ग ७ देखि १० दिनमा छोटिएसँगै पदमार्ग जोगाउन स्थानीय होटल व्यवसायीले वैकल्पिक पदमार्ग बनाएका हुन् । पर्यटन विकास बोर्डको २० लाख लागतमा निर्माण गरिएको […]

  • उपत्यकाका ६ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने

    कार्तिक २०, काठमाडौँ | जापान सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ । विसं २०७२ वैशाख १२को भूकम्पपछि जापान सरकारले नेपाललाई काठमाडौँ उपत्यकामा १० वटा एक्सेलोमिटर केन्द्र र उपत्यका बाहिर १० वटा जिपिएस केन्द्र निर्माणका लागि सहयोग गरेको थियो । सोहीअनुसार साँगा, कपन, लुभू, सिनामंगल, थानकोट र […]

  • नेपालमा चिनियाँ रेल विस्तारको मोडालिटीबारे छलफल गर्न चीनको उच्चस्तरीय टोली आउँदै

    कात्तिक २०, काठमाडौँ । चिनियाँ रेल नेपालतर्फ विस्तारको मोडालिटीबारे छलफल गर्न उच्चस्तरीय चिनियाँ टोली सोमबार (आज) नेपाल आउँदैछ । चिनियाँ वरिष्ठ रेल–वे अधिकारी चेङ चियानको नेतृत्वमा २३ सदस्यीय टोली नेपाल आउने भएको हो । चेङ चीनमा रेल मामिला हेर्ने निकाय नेसनल रेल–वे एडमिनिस्ट्रेसनका उपप्रमुख हुन् । चिनियाँ टोली रसुवागढी, पोखरा र लुम्बिनी पुगेर रेल विस्तारको […]

  • कञ्चनपुरलाई सबैभन्दा ठूलो नाका बनाइने

    कार्तिक १९, कंचनपुर | नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधानको सफल कार्यान्वयन गर्नका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुभएको छ । महाकाली नगरपालिकामा चुनावी प्रचार गर्न पुग्नुभएका प्रतिनिधिसभा कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार लेखकले काँग्रेस नेतृत्वको सरकारले जनतालाई नयाँ अधिकारसहितको संविधान दिएर मुलुकलाई परिवर्तन उन्मुख गराएको बताउनुभयो । महाकाली नगर क्षेत्रलाई समृद्ध […]

  • १० वर्षभित्र नेपाललाई एशियाको समृद्ध मुलुक बनाइने

    कार्तिक १९, काठमाडौँ | भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले बर्दियामा पुलपुलेसा, कृषिको आधुनिकीकरण, किसानको समृद्धि, सुविधासम्पन्न विद्यालय तथा स्वास्थ्योपचार केन्द्रको सञ्चालन गरी बर्दियाली जनताको जीवनलाई सुखी र सम्पन्न बनाइने बताउनुभएको छ । प्रेस क्लब अफ नेपालले राजापुर नगरपालिका–२ जोतपुरमा आयोजना गरेको साक्षात्कारमा प्रतिनिधिसभा बर्दिया २ का उम्मेदवार दहितले मंसिरको चुनावपछि काँग्रेसको नेतृत्वमा सरकार बनेमा १० […]

  • जनकपुरधामलाई आदर्श शहरका रूपमा विकास गर्न जोड

    कार्तिक १९, जनकपुर | दशबुँदे जनकपुरधाम घोषणापत्र जारी गर्दै यहाँ शनिबार सम्पन्न ‘रामायण सर्किट र मिथिला–अवध सम्बन्ध’ विषयको अन्तर्राष्ट्रिय सम्मेलनले जनकपुरधामलाई आदर्श शहरका रूपमा विकास गर्ने परियोजना कार्यान्वयनमा जोड दिएको छ । जनकपुरधाम र अयोध्याको पौराणिक सम्बन्धलाई जीवन्त राख्ने सन्दर्भमा जनकपुरधाम आउने श्रद्धालु, आस्थावान् र पर्यटकलाई तीर्थाटन गराउन सक्ने सम्पदा र क्षेत्रबारे सूचना दिई जनकपुरमा […]