१३ बैशाख २०८१, बिहिबार

क्षमता दोब्बर बनाउन उदयपुर सिमेन्ट उद्योगले सरकारसँग माग्यो २ अर्ब १२ करोड ऋण


udayapur siment factory

२ फागुन, उदयपुर । उदयपुर सिमेन्ट उद्योगले नेपाल सरकारसँग २ अर्ब १२ करोड ऋण माग गरेको छ । आगामी चार वर्षभित्र सरकारको ऋण तिर्ने कार्ययोजनासहित क्षमता दोब्बर बनाउन ऋण मागेको हो ।

उद्योगका लेखा शाखा प्रमुख कमल पौडेलले औद्योगिक क्षेत्रका विभिन्न विज्ञको टोली बोलाएर परामर्श गरी ऋण माग गरेको बताए । ‘उद्योगको उत्पादन क्षमता दोब्बर बनाउन नेपाल सकारलाई ऋणको लागि प्रपोजल पठाएका छौँ,’ पौडेलले भने, ‘यो सरकारी उद्योगले पछिल्लो समयमा आशा जगाएको छ, क्षमता दोब्बर बढाउन आवश्यक छ ।’

नेपाल सरकारले २ अर्ब १२ करोड ऋण अनुदान दिए उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ८०० को हुने उनले बताए । हाल उद्योगले दैनिक ७ सय ७० मेट्रिक टनसम्म उत्पादन गर्दै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !