१२ बैशाख २०८१, बुधबार

सुमार्गीको पैसा नरोक्न सर्वोच्चको आदेश


सर्वोच्च अदालत

२३ माघ, काठमाण्डौ । व्यापारी अजेयराज सुमार्गीको विदेशवाट ल्याउन लागेको ४ अर्ब रुपैयाँ रोक्ने राष्ट्र बैकको निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुमार्गीले चाहेको बेला रकम निकाल्न दिन अन्तरिम आदेश दिएको हो ।

पैसा रोक्ने कानुनी आधार नदेखिएको अन्तरिम आदेशमा भनिएको छ । सम्पत्ति शुद्धीकरण लगायतका विषयमा असर नपर्ने किसिमवाट रकम निकाल्न पाउने गरी आदेश दिइएकोछ । नेपाल स्याटलाइट टेलिकम कम्पनी प्रालिका तर्फवाट सुमार्गी र सुवासचन्द्र पौडेलले रकम निकाल्न पाउनुपर्ने माग गर्दै आइतबार सर्वोच्चमा रिट दर्ता गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !