७ बैशाख २०८१, शुक्रबार

उपराष्ट्रपति पुनको यातायात भाडाका गुनासा निराकरण गर्न व्यवसायीलाई आग्रह 


Vice President

१७ माघ, चितवन ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पाँचाँै राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । रत्ननगरमा भएको महाधिवेशनको उद्घाटन गर्दै  उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध नेपाल निर्माणका लागि यातायात क्षेत्रको उल्लेख्य योगदान रहेको बताए । उनले सार्वजनिक यातायात क्षेत्रले राष्ट्रको कुल ग्राहस्थ्य उत्पादन (जिडिपि)मा १० प्रतिशतको योगदान दिइरहेको बताए ।

मुलुक अहिले राजनीतिक स्थिरतातर्फ अग्रसर भइरहेको भन्दै उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भई प्रदेशमा सरकार निर्माणको तयारीमा रहेको स्मरण गराए । ‘केहि दिनमा नै राष्ट्रियसभाको निर्वाचन हुँदै छ र निर्वाचनलगत्तै संघीय सरकार गठन हुन्छ’ उनले भने, ‘अब सबैको ध्यान देशको आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ ।’

देशको सार्वजनिक यातायातको नेतृत्व गरिरहेको नेपाल यातायात राष्ट्रिय महासंघको महाधिवेशनमा यातायात क्षेत्रका समस्या, चुनौती र समाधानबारे हुने छलफल तथा निष्कर्ष राष्ट्रकै लागि महत्वपूर्ण हुने उनले बताए । उनले भने, ‘यातायात क्षेत्रका सम्भावनाको खोजी तथा चुनौतीको सामना गर्न यहाँहरुले ठोस कदम चाल्नुहुनेछ ।’ पछिल्लो समयमा भाडा महँगो भयो, सार्वजनिक यातायात यात्रुमैत्री छैनन् भन्नेजस्ता जनगुनासाहरु आइरहेको बताउँदै उनले यस क्षेत्रमा देखिएका अस्वस्थ प्रतिस्पर्धाको असरका कारण यस्तो समस्या आएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !