१३ बैशाख २०८१, बिहिबार

बिर्तामोड नगरपालिकाको बजेट ७३ करोड


jhapa birtamod

७ माघ, झापा । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि महिलाहरुलाई निःशुल्क क्याल्सियम चक्की वितरण गर्ने भएको छ । आइतबारदेखि भएको प्रथम नगर परिसद्मा मेयर ध्रुवकुमार शिवाकोटीले शिशुको स्वास्थ्य सुधारका लागि निःशुल्क चक्की वितरण कार्यक्रम सार्वजनिक गरे ।

उनले आर्थिक वर्ष ०७४/०७५ का लागि ७३ करोड ४६ लाख ३० हजार ४ सय ६१ रुपैयाँ बराबरको बजेट विवरण समेत सार्वजनिक गरे ।
। उनले विर्तामोड क्षेत्रमा नक्सा पास गरी घर निर्माण गर्दा घर परिसरमा २ वटा विरुवा अनिवार्य रोप्नु पर्ने उल्लेख गरे । उनले नगरलाई विषादिमुक्त बनाउने अभियान पनि कार्यक्रमभित्र समेटिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !