७ बैशाख २०८१, शुक्रबार

संखुवासभामा दुई जना उम्मेदवारले मात्रै खर्च विवरण बुझाए


shankhuwashabha संखुवासभा

२५ पुस, संखुवासभा। जिल्लामा दुई जना उम्मेदवारले मात्र खर्च विवरण पेश गरेका छन् । निर्वाचित भएका दुई जना सांसदले मात्रै चुनावी खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन अधिकारी ऋषि दाहालले जानकारी दिए । मंसिर १० गते पहिलो चरणमा सम्पन्न भएको चुनावमा २७ जनाले उम्मेदवारी दिएका थिए ।

निर्वाचन कार्यालयमा पेश गरेको खर्च विवरणमा प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले २३ लाख खर्च गरका छन् । त्यसैगरी प्रदेशसभा ख का तुलसीप्रसाद न्यौपानेले १३ लाख २० हजार खर्च भएको विवरण पेश गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !