८ बैशाख २०८१, शनिबार

१० लाख विदेशी पर्यटकहरु भित्रिएर पर्यटनमा वर्षौंको सपना पूरा


tourist

२५ पुस, काठमाण्डौ । नेपाल भ्रमण वर्ष १९ वर्षअघि मनाउँदै गर्दा सरकारी लक्ष्य थियो, १० लाख पर्यटक भित्र्याउने । सन् १९९८ को सपना २०१७ मा आएर मात्र पूरा भएको छ । सन् २०१७ मा नेपाल भ्रमणमा आएका पर्यटकको संख्या १० लाख नाघेको छ ।
नेपाल पर्यटन बोर्डका अनुसार जनवरी-डिसेम्बर २०१७ मा १० लाख ६० हजार विदेशी नागरिकले नेपाल भ्रमण गरेको प्रारम्भिक तथ्यांक छ ।

सन् १९९८ मा चार लाख ६३ हजार पर्यटक मात्रै आएका थिए । १० लाख विदेशीलाई नेपाल घुमाउने कुरा त्यतिबेलाका लागि सपना मात्र थियो । सन् २०१६ मा पनि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले सन् २०१८ मा मात्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो । सन् २०१८ लाई ‘भिजिट नेपाल इयर’का रुपमा मनाउने घोषणा सोही सरकारले गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !