७ बैशाख २०८१, शुक्रबार

सडक निर्माणमा असफल भएपछि ओटासिल प्रविधि ‘फेज-आउट’ !


road

२४ पुस, काठमाण्डौ । सडक निर्माणको लागि सस्तो मानिएको ‘ओटासिल’ प्रविधि नेपालबाट विस्थापनको संघारमा पुगेको छ । विश्व बैंकले करिब १२ वर्षअघि सडक निर्माणका लागि भित्र्याएको उक्त प्रविधि नेपालका लागि उपयुक्त नभएको निष्कर्षमा विकासे अड्डाहरु पुगेका हुन् ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले समेत ओटासिल नयाँ सडक परियोजनामा नअपनाउने भएको छ । अर्बौं खर्च गर्दा पनि सडकको अवस्था सुधार हुन नसकेपछि सडक विभागले यो प्रविधि परित्याग गरिसकेको छ ।

अस्फाल्टभन्दा झण्डै ६० प्रतिशत सस्तो मानिने यो प्रविधिमार्फत् एक किलोमिटर सडक बनाउन ५५ लाख रुपैयाँसम्म लाग्छ । तर, अस्फाल्टमा डेढदेखि दुई करोडसम्म खर्चिनुपर्छ ।

सस्तो र ग्रामीण सडकहरुमा वर्षायाममा पनि प्रयोग गर्न सकिने बताउँदै विश्व बैंकले यसलाई नेपालमा भित्र्याएको थियो । तर, नेपाली सडकको गुणस्तर कमजोर रहने अवस्था देखिएपछि ‘फेज-आउट’ गर्ने तयारी गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !