अर्थ-वाणिज्य

  • useless-land

    आयल निगमले किनेको जग्गा प्रयोगविहीन, जग्गा बेचिसकेका किसानहरुले नै भोगचलन गर्दै

    कात्तिक २६, सर्लाही । नेपाल आयल निगमले सर्लाहीको नेत्रगञ्जमा इन्धन भण्डारण गर्न किनेको जग्गा प्रयोगविहीन भएको छ । निगमले जग्गा किन्दा व्यापक घोटाला भएको सार्वजनिक भएपछि सर्वत्र आलोचना भएको थियो । प्रदेश नं. २ का लागि इन्धनको डिपो राख्न निगमले किनेको जग्गामा अहिले किसानले नै बालीनाली लगाएका छन् । निगमले आफ्नोतर्फबाट तारबार गर्नेबाहेक संरचना निर्माणको […]

  • तरकारीको भाउ अहिले सम्मकै उच्च , अधिकांशको मूल्य सय भन्दा माथि

    कार्तिक २३, काठमाडौँ | तरकारीको भाउ यो वर्षको उच्च बिन्दुमा पुगेर स्थिर भएको छ । एक सातादेखि अधिकांश तरकारीको भाउ प्रतिकिलो सय रुपैयाँमाथि पुगेर स्थिर भइरहँदा उपभोक्ता महँगीको मारमा छन् । सर्वसाधारणको भान्सामा धेरै खपत हुने तरकारीको भाउ आकासिए पनि सरकारले मूल्य नियन्त्रणका लागि कुनै प्रयास गरेको छैन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास […]

  • iphone-company

    एप्पल कम्पनीले अर्बौं डलर कर छलेको खुलासा

    कात्तिक २१, वासिंटन । विश्वका शक्तिशाली र धनाढ्यहरुले लुकाएको सम्पत्तिको गोप्य खाताबारे सनसनीपूर्ण खुलासा गर्दै आएको प्याराडाइज पेपरले फेरि अर्को खुलासा गरेको छ ।विश्वको सबैभन्दा बढी मुनाफा कमाइरहेको एप्पल कम्पनीले अर्बौं डलर कर छल्न नयाँ गोप्य उपाय अपनाएको प्याराडाइज पेपरले देखाएको हो । चुहावट भएको वित्तीय दस्तावेजअनुसार अमेरिकी कम्पनी एप्पलले सन् २०१३ मा कर छलीका […]

  • agriculture

    बाढीका कारण कृषि क्षेत्रमा पाँच अर्बको क्षति

    कार्तिक २१, काठमाडौँ | कृषि विकास मन्त्रालयले केही महिनाअघि तराईमा गएको बाढीका कारण ३० जिल्लामा रु पाँच अर्बभन्दा बढीको कृषि क्षेत्रमा क्षति पुगेको जनाएको छ । सैँतीसौँ विश्व खाद्य दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा यसले खाद्य सुरक्षामा अप्रत्याशित ह्रास हुन सक्ने भन्दै रु एक अर्ब २५ लाख करोडको राहत कार्यक्रम कार्यान्वयनमा ल्याइएको जानकारी दिइएको छ […]

  • वाम गठबन्धनको घोषणापत्र : सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याइने

    कार्तिक २०, काठमाडौँ | वाम गठबन्धनले विद्यमान सामाजिक सुरक्षाभत्तालाई मासिक रु पाँच हजार पुर्याउने भएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनले तयार पारेको घोषणापत्रमा विद्यमान सामाजिक सुरक्षा भत्तालाई रु तीन हजारले वृद्धि गरी रु पाँच हजार पुर्यायउने लक्ष्य राखेको हो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सुरु गर्नु भएको मासिक रु १०० […]

  • कञ्चनपुरलाई सबैभन्दा ठूलो नाका बनाइने

    कार्तिक १९, कंचनपुर | नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधानको सफल कार्यान्वयन गर्नका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताउनुभएको छ । महाकाली नगरपालिकामा चुनावी प्रचार गर्न पुग्नुभएका प्रतिनिधिसभा कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार लेखकले काँग्रेस नेतृत्वको सरकारले जनतालाई नयाँ अधिकारसहितको संविधान दिएर मुलुकलाई परिवर्तन उन्मुख गराएको बताउनुभयो । महाकाली नगर क्षेत्रलाई समृद्ध […]

  • मंसिर १ गतेदेखि हस्तकला मेला तथा प्रतियोगिता हुने

    कार्तिक १८, काठमाडौँ | नेपाल हस्तकला महासंघको आयोजनामा आगामी मंसिर १ गतेदेखि ५ गतेसम्म १५औँ हस्तकला व्यापार मेला हुने भएको छ । महासंघले हिजो पत्रकारसम्मेलन गरी नेपालमा उत्पादित हस्तकला सामग्रीलाई स्वदेश तथा बिदेशमा प्रचारप्रसार गर्नका लागि १५औँ हस्तकला मेला तथा १३औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनी गर्न लागेको जानकारी दिएको हो । सम्मेलनमा महासंघका अध्यक्ष धर्मराज शाक्यले […]

  • दुई तहका संसदको प्रशासनिक खर्च नै सवा चार अर्व

    कार्तिक १६, काठमाडौँ | संघीय र प्रादेशिक संसद् सचिवालय गठनका लागि राज्यले वार्षिक सवा चार अर्ब रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । संघीय संसद्, संसद् सचिवालय, सातवटा प्रदेश सभा, प्रदेश सभाका समिति र सचिवालय सञ्चालनका लागि वार्षिक चार अर्ब २५ करोड रुपैयाँ खर्च हुने भएको हो । संसद् सचिवालयको संघीय संसद् एवं सचिवालय र प्रदेश […]

  • लगानीकर्ताले गुमाए ७ अर्ब ९४ करोड

    कार्तिक १६, काठमाडौँ | बुधबार नेप्से परिसूचक ७ दशमलव शून्य २ अंक घटेको छ । नेप्से ओरालो लागेसँगै यस दिन लगानीकर्ताहरूले रू. ७ अर्ब ९४ करोड गुमाएका छन् । लगानीकर्ताको सम्पत्ति यस दिन घटेर रू. १७ खर्ब ७२ अर्बमा सीमित भएको छ । सूचीकृत कम्पनीहरू वित्तीय विवरण प्रकाशित गर्ने क्रममा रहेका छन् । हालसम्म प्रकाशित […]

  • खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

    कार्तिक १६, काठमाडौँ | नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले खाना पकाउने एलपी ग्यास , पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर रु १०० पर्ने आयल निगमले जनाएको छ । त्यसैगरी डिजेल र मट्टितेल लिटरको रु ७५ रुपैयाँ ५० पैसा कायम भएको छ । अब […]

  • कास्कीको सिक्लेस जलविद्युत् आयोजनाबाट उत्पादित १३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने

    कार्तिक १५, कास्की | कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा सञ्चालित सिक्लेस जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ । केसी कन्सट्रक्सनको सिक्लेस हाइड्रोपावर कम्पनीले तीन वर्षअघि शुरु गरेको सो आयोजनाबाट उत्पादित १३ मेगावाट विद्युत् तीन सातापछि नियमित रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले जानकारी दिनुभयो । कूल रु दुई अर्ब पाँच करोडको लागतमा […]

  • नेपाल र अष्ट्रियाबीच दुइ पक्षिय सम्झौतापत्रमा हस्ताक्षर

    कात्तिक १४, काठमाडौँ । नेपाल र अष्ट्रियाको आर्थिक सम्बन्धको सवलीकरण तथा विकासलाई महत्व दिन नेपाल उद्योग वाणिज्य महासंघ र ‘अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बर’बीच द्विपक्षीय सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको छ । उद्योगमन्त्री सुनिलबहादुर थापाको उपस्थितिमा महासंघका अध्यक्ष भवानी राणा र अष्ट्रियन फेडेरल इकोनोमिक च्याम्बरका उपाध्यक्ष रिचार्ड सेन्चले उक्त सम्झौतापत्रमा हस्तारक्षर गरे । सम्झौतामा द्विपक्षीय व्यापार, लगानीका […]

  • ह्याक गरेर चोरिएका एनआइसी एशिया बैंकको अधिकांश रकम फिर्ता

    कार्तिक १३, काठमाडौँ | एनआइसी एशियाबाट चोरिएको अधिकांश रकम फिर्ता भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार विदेशी बैंकमा पठाइएको रकम फिर्ता भएको हो । बैंकको कारोबार प्रणालीमा ह्याक (स्विफ्ट ह्याक ) गरी तिहारमा एनआइसी एशिया बैंकबाट रु ३१ करोड रकम स्थानान्तरण गर्न लागिएको थियो । राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले समाचारमा विभिन्न […]

  • प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २५ अर्ब खर्च हुने आँकलन

    कार्तिक १२, काठमाडौँ |  आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि २५ अर्ब खर्च हुने आँकलन निर्वाचन आयोगले गरेको छ । यद्धपि चुनावमा खर्च अभाव नहोस भनेर अर्थमन्त्रालयले भने ३० अर्वको बजेट विनियोजन गरेको छ । गत स्थानीय तहको निर्वाचनमा ६ अर्ब ५० करोड खर्च भएको थियो । सरकारले उक्त […]

  • बाढी प्रभावितलाई घर बनाउन जापानबाट सहयोग

    कार्तिक १२ , चितवन | पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ का बाढी प्रभावितका घर निर्माणका लागि जापानबाट रु चार लाख सहयोग प्राप्त भएको छ । जापानमा बस्ने नेपालीबाट संकलन गरी चितवन समाज जापानले शनिबार यहाँ एक कार्यक्रमबीच सो रकम हस्तान्तरण गरेको हो । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा भएको […]