८ बैशाख २०८१, शनिबार

को हुन् पशुपन्छी मन्त्री सन्तकुमार थारु ?


को हुन् पशुपन्छी मन्त्री सन्तकुमार थारु ?

पृष्ठभूमि र जन्म

सन्तकुमार थारुले देउवा नेतृत्वको सरकारमा पशुपन्छी मन्त्रीको जिम्मेवारी पाएका छन् । बर्दिया क्षेत्र-३ बाट प्रत्यक्ष निर्वाचित सांसद थारु थारु राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पनि हुन् । माओवादी सशस्त्र युद्धमा होमिएका चौधरीले पार्टी भित्र इमान्दार र पार्टी प्रति बफादार नेताको छवी बनाएका छन् ।

सन्तकुमार थारुको जन्म बि.सं. २०२६ साल भदौ १५ गते बर्दिया जिल्लाको वनियाभार–५ मा भएको हो । उहाँका बाबुको नाम भोलीराम थारु र आमाको नाम वेलासी थारु हो । उहाँकी श्रीमतीको नाम चुलीहा थारु हो । उनका ३ छोरा र एक छोरी छन् ।

शिक्षा

थारुले मानविकी शास्त्रमा प्रविणता प्रमाणपत्र तहसम्मको औपचारिक अध्ययन गरेका छन् ।

राजनीतिक यात्रा

१. २०४६ देखि राजनीतिमा साइत गर्नुभएका थारु २०५३ देखि भूमिगत ।

२. माओवादी बर्दिया सचिव।

३. जनमुक्ति सेनाको बटालियन कमिसार ।

४. ३ वर्षसम्म लडाइँका मोर्चामै खटेको ।

५. कसुम, रम्भापुर, बेनी लगायत थुप्रै मोर्चाहरूमा लडेको ।

६. थारु सुकुम्बासी र कमैयाका मुद्दालाई संविधान मै सुनिश्चित गराउने मूल मुद्दा ।

७. जनयुद्धले उठाएको चेतना र माओवादीको अग्रगामी नीतिका कारण आफूलाई जनताले जिताएको भनाइ ।

८. पदबहालपछि पत्रकारहरुले उठाएको प्रश्नमा मन्त्री थारुले आफूले दूध उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने अभियानमा आफू सक्रिय हुने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !