८ बैशाख २०८१, शनिबार

मन्त्री प्रदीपकुमार ज्ञवालीको राजनैतिक यात्रा कस्तो छ ?


प्रदीपकुमार ज्ञवाली

पृष्ठभूमि र जन्म

नेपाल सरकारको वर्तमान पररास्ट्र मन्त्री तथा एमाले सचिव प्रदीपकुमार ज्ञवालीको जन्म बि.सं.२०१९ साल भदौ २८ गते गुल्मीको बलेटक्सार २ मा भएको हो । नारायणदत्त र पुण्यकलाका छोरा प्रदीपकुमार ज्ञवालीका एक छोरी र दुई छोरा छन् । बि.सं २०२८ सालदेखि राजनीतिमा लागेका ज्ञवाली २०३५ सालमा केन्द्रीय कोअर्डिनेशन कमिटीको सदस्य हुनुहुन्थ्यो । बि.सं. २०५६ सालको संसदीय चुनाव पनि जितेका ज्ञवाली २०६४ सालको संविधानसभा चुनावमा गुल्मी क्षेत्र नम्वर २ बाट निर्वाचित हुनुभएको थियो ।  बि.सं. २०६३ सालमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका ज्ञवाली तत्कालीन नेकपा माओवादीसँग वार्ता गर्न सरकारले गठन गरेको तीन सदस्यीय समितिका सदस्य पनि हुनुहुन्थ्यो । उहाँले कक्षा १० सम्मको औपचारिक शिक्षा लिनुभएको छ ।साहित्य क्षेत्रमा उहाँ आफूलाई ‘शीतविन्दू’का नामले लेख्नुहुन्छ । ज्ञवालीका साहित्यमा पाँच र राजनीतिमा चार गरी नौ वटा पुस्तक प्रकाशित छन् ।

राजनीतिक यात्रा

बि.सं २०२८ सालदेखि राजनीतिमा लागेका ज्ञवाली २०३५ सालमा केन्द्रीय कोअर्डिनेशन कमिटीको सदस्य हुनुहुन्थ्यो । २०३७ सालमा जिल्ला समिति सदस्य हुँदै पार्टी जिल्ला सचिव हुनु भएको उहाँले करिब ११ वर्ष भूमिगत जीवन बिताउनु भएको थियो । प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुँदा पटक पटक गिरफ्तार हुँदै हिरासतमासमेत बस्नु भएको थियो । २०५३ सालबाट पार्टीको केन्द्रिय सदस्य रहनुभएको उहाँ हाल सचिवको जिम्मेवारी वहन गरिरहनु भएको छ । बि.सं. २०५६ सालको संसदीय चुनाव पनि जितेका ज्ञवाली २०६४ सालको संविधानसभा चुनावमा गुल्मी क्षेत्र नम्वर २ बाट २३ हजार २ सय ५३ मत ल्याएर निर्वाचित हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्र भण्डारीले २१ हजार १ सय १ मत प्राप्त गर्नु भएको थियो । २०७० सालको चुनावमा उहाँ कांग्रेस चन्द्र भन्डारीसँगै पराजित हुनुभएको थियो । बि.सं. २०६३ सालमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका ज्ञवाली तत्कालीन नेकपा माओवादीसँग वार्ता गर्न सरकारले गठन गरेको तीन सदस्यीय समितिका सदस्य पनि हुनुहुन्थ्यो ।

साहित्य

राम्रो सैद्धान्तिक ज्ञान, नरम र शिष्ट व्यवहार भएका नेताका रुपमा परिचित ज्ञवाली साहित्यमा समेत रुची र दख्खल राख्नुहुन्छ । साहित्य क्षेत्रमा उहाँ आफूलाई ‘शीतविन्दू’का नामले लेख्नुहुन्छ । ज्ञवालीका साहित्यमा पाँच र राजनीतिमा चार गरी नौ वटा पुस्तक प्रकाशित छन् । सहयात्री (उपन्यास), चिता जलिरहेछ (कविता), बिना सालिकका नायकहरु (कविता), आस्था ओ मेरी प्रिय(कविता), कुहिरो(कथा) मार्क्सबादको सिर्जनात्मक प्रयोग (निबन्ध), प्रचण्डपथ (सम्लोचना), फोनिक पन्छी र …… (निबन्ध), युवा, राष्ट्रियता, पहिचान र सामाजिक रुपान्तरण र संस्कृतिक रुपान्तरण: एक विमर्श लगयात कृति प्रकाशित भएका छन् । नवयुग मासिक, एकाईसयौं सताब्दी साप्ताहिक, नया कदम साहित्यको सम्पादन गर्नुभएको छ । साथै उहाँका विभिन्न अखबारमा स्तम्भसमेत प्रकशित हुन्छ ।

भ्रमण

नेपालका सबै जिल्ला र  अमेरिका, चीन, कतार, सुडान, बहराइन, जापान, वेतनाम, भुटान, भारत, दक्षिण अफ्रिका, थाईल्यान्ड, कोलोम्बिया, फिलिपिन्स, कोरिया, बंगलादेश, नेदरल्याण्ड, आयरल्याण्ड, युके, जर्मनी, स्वीडेन, श्रीलंका, आदि देशहरु  ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !